काठमाडौं । अप्रिल, मे र जुन महिनाको अवधिमा विश्व स्मार्टफोन बजारमा २५ करोड ८२ लाख स्मार्टफोन शिपमेन्ट भएका छन् । क्यानलाइज स्मार्टफोन मार्केट प्लस रिपोर्ट अनुसार यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले न्यून हो ।
रिपोर्ट अनुसार सामसङले पुनः स्मार्टफोन बजारको नेतृत्व गर्न थालेको छ । तीन महिनाको अवधिमा मात्रै कम्पनीले पाँच करोड ३० लाख युनिट स्मार्टफोन विश्व बजारमा पठाएको छ । जुन कूल स्मार्टफोन बजारको २१ प्रतिशत हो ।
चार करोड ३० लाख युनिटका साथ एप्पल दोस्रो स्थानमा रहेको छ र उक्त सङ्ख्याले १७ प्रतिशत बजार हिस्सा रहेको दर्शाउँछ ।
त्यस्तै साओमी तीन करोड ३२ लाख युनिट अर्थात् १३ प्रतिशत बजार हिस्साका साथ शीर्ष तीन वरिपरि घुमिरहेको छ । त्यसपछि १० प्रतिशत बजार हिस्सा रहेको ओप्पोले यस अवधिमा दुई करोड ५२ लाख युनिट स्मार्टफोन बजारमा पठाएको छ ।
|
विश्वव्यापी स्मार्टफोनको शिपमेन्ट तथा वृद्धि, क्यानलाइज स्मार्टफोन मार्केट प्लसः २०२३ को दोस्रो त्रैमास |
|||
|
कम्पनी |
२०२३ को दोस्रो त्रैमासको शिपमेन्ट (१० लाख) |
बजार हिस्सा |
वार्षिक वृद्धि |
|
सामसङ |
53.0 |
21% |
-14% |
|
एप्पल |
43.0 |
17% |
-13% |
|
साओमी |
33.2 |
13% |
-16% |
|
ओप्पो |
25.2 |
10% |
-8% |
|
ट्रान्सेन |
22.7 |
9% |
+22% |
|
अन्य |
81.1 |
31% |
-11% |
|
जम्मा |
258.2 |
100% |
-10% |
इनफिनिक्स, टेक्नो र आईटेल ब्रान्ड समेट्ने ट्रान्सेनले यस अवधिमा दुई करोड २७ लाख स्मार्टफोनको शिपमेन्ट गरेको छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ट्रान्सेन नयाँ बजारमा उदाइरहेको छ र मध्य पूर्वी, अफ्रिकी र ल्याटिन अमेरिकी बजारमा बिक्री राम्रो हुँदा पाँचौ स्थानमा अटाउन सफल भएको छ ।
यो एउटा मात्र त्यस्तो ब्रान्ड हो, जसले वार्षिक २२ प्रतिशतको सकारात्मक वृद्धि हासिल गरिरहेको छ । अगाडि हेर्दा, क्यानलाइजका विश्लेषकले सन् २०२३ को दोस्रो अर्धवार्षिक अवधिसम्म स्मार्टफोनको माग घट्ने अनुमान गरेका छन् ।
पछिल्लो अध्यावधिक: साउन १६, २०८० १३:४४
