close

फेसबुकमा आज दिनभर आफूलाई फलो गरिदिन रवि लामिछानेको अनुरोध

टेकपाना टेकपाना

साउन १७, २०८० १०:४९

फेसबुकमा आज दिनभर आफूलाई फलो गरिदिन रवि लामिछानेको अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (बुधबार) दिनभर आफूलाई फलो गरिदिन अनुरोध गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै लामिछानेले आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा विशेष घोषणा गर्न लागेकाले फलो गरिदिन अनुरोध गरेका हुन् ।

"यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदैछन्," विज्ञापन भएका पोस्टरको फोटो राख्दै लामिछानेले लेखेका छन्, "चुनावमा आफूले बोले अनुसार फ्रि टिकेटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं । त्यो पनि "बिना ढेउवा के ।"

उनले अगाडि लेखेका छन्, "अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने छौं ।"

उपनिर्वाचनमा विजयी हासिल गरेको १०० दिन पूरा भएको अवसरमा आफूले गरेका कामबारे जानकारी दिने भन्दै उनले आज दिनभरिलाई फलो गर्न अनुरोध आग्रह गरेका हुन् । "बोलेका थुप्रै काम (स्टन्ट) बारे दिनभरि विभिन्न कार्यक्रममार्फत जानकारी दिँदैछु" उनले लेखेका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १०:५२