close

अब कुमारी सुनौलो म्युचुअल फण्डको भुक्तानी ईसेवाबाटै गर्न सकिने

टेकपाना टेकपाना

साउन १७, २०८० १८:५४

अब कुमारी सुनौलो म्युचुअल फण्डको भुक्तानी ईसेवाबाटै गर्न सकिने

काठमाडौं । अब डिजिटल वालेट ईसेवाबाट ‘कुमारी सुनौलो लगानी योजना’ को भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापिटलको म्युचुअल फण्डको वेभसाइटमा इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । 

यसका साथै ईसेवा र ईसेवा रेमिटले यूकेएआईडीएसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यस कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको रेमिट्यान्स सहज रुपमा लगानी गर्न शुभलक्ष्मी कोषको एसआईपी युनिट पर्चेज उपयोगी हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन १७, २०८० १८:५४