close

विभिन्न शीर्षकमा अनुसन्धान वृत्ति र पुरस्कार प्रदान गर्दै नास्ट, यस्तो छ आवेदन दिने तरिका

टेकपाना टेकपाना

साउन १९, २०८० ७:४

विभिन्न शीर्षकमा अनुसन्धान वृत्ति र पुरस्कार प्रदान गर्दै नास्ट, यस्तो छ आवेदन दिने तरिका

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विभिन्न शीर्षकमा गरिने अनुसन्धान वृत्ति र पुरस्कारहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । एक सूचना जारी गर्दै आ.व २०८०/८१ मा प्रदान गरिने विभिन्न अनुसन्धान वृत्तिहरू र पुरस्कारहरूका लागि आवेदन दिन नास्टले आह्वान गरेको हो । 

सूचना अनुसार अनुसन्धान वृत्ति  सहायक अनुसन्धान वृत्ति (एआरएफ), अनुसन्धान सहायक (आरएफ) र प्रतिभा प्रवर्द्धन कार्यक्रममा आवेदन खुला गरिएको छ । त्यस्तै पुरस्कारहरूमा दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार आवेदन दिन आव्हान गरिएको छ । साथै भुवनेश्वर प्रविधि पुरस्कार र जीत बहादुर नकर्मी धातु प्रविधि पुरस्कारमा समेत आवेदन दिन सकिनेछ । 

इच्छुक व्यक्तिले यी वृत्ति र पुरस्कार पाउन भदौ १८ सम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम यहाँ क्लिक गरी डाउनलोड गर्न सकिनेछ । त्यसपछि [email protected] अथवा [email protected] मा पत्रकार गर्नुपर्ने छ ।

No description available.

पछिल्लो अध्यावधिक: साउन १९, २०८० ७:१०