काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८०/८१ का लागि निर्धारित सम्पूर्ण कार्यक्रमहरूको प्रवेश परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
यसअघि साउन २० र २४ गते तय भएका प्रवेश परीक्षाहरू विशेष कारणवश हाललाई स्थगित गरिएको सीटीइभीटीले जनाएको छ ।
अब डिप्लोमा/प्रमाणपत्र तह वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फको प्रवेश परीक्षा भदौ २ गते बिहान र पूर्ण शुल्कीय तर्फको परीक्षा भदौ ६ गते हुनेछ ।
त्यस्तै प्रि डिप्लो तह वर्गीकृत (निःशुल्क) छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको परीक्षा भदौ ६ गते सञ्चालन हुने जनाएको छ ।
यी कार्यक्रममा भर्ना हुन इच्छुकले साउन २६ गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।