close

आफूलाई कसैले पनि मेसेन्जरमा मेसेज रिक्वेस्ट नपठाओस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन २२, २०८० १०:२३

आफूलाई कसैले पनि मेसेन्जरमा मेसेज रिक्वेस्ट नपठाओस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । फेसबुक मेसेन्जरमा अनावश्यक वा नचिनेका व्यक्तिको मेसेज रिक्वेस्ट आउनु नौलो कुरा होइन । कतिपय अवस्थामा काम परेका व्यक्तिले मेसेज रिक्वेस्ट पठाइरहेका हुन्छन् भने केही अनावश्यक मेसेज रिक्वेस्ट आइरहेका हुन्छन् ।

केही नेपाली महिला चलचित्रकर्मीले अन्तर्वार्तामा भने अनुसार कतिपय व्यक्तिले उनीहरूलाई अश्लील भिडिओ, फोटो वा टेक्स्ट पनि पठाइरहेका हुन्छन् । सर्वसाधारणले पनि त्यस्ता मेसेज आइरहेका हुन्छन् । तपाईंलाई पनि अनावश्यक मेसेज आइरहेका छन् भने यो टिप्स उपयुक्त हुनसक्छ । 

आफूलाई मेसेज रिक्वेस्ट पठाउन नमिल्ने कसरी बनाउने ?

फेसबुकमा एड भएर मात्र नभई अन्य विभिन्न तरिकाले पनि मेसेन्जरमा जोडिन सकिन्छ । तपाईंले आफ्नो फोन नम्बर फेसबुकमा लिङ्क गर्नु भएको छ र कसैसँग तपाईंको फोन नम्बर छ भने उसले पनि तपाईंलाई मेसेज पठाउन सक्छ । त्यस्तै तपाईंसँग साथी भएको व्यक्तिसँग कुनै अर्को व्यक्ति साथी भएको छ भने पनि तपाईंलाई उसले मेसेज पठाउन सक्छ । 

त्यसैगरी कसैले फेसबुकमा तपाईंको नाम सर्च गरेर पनि तपाईंलाई मेसेज रिक्वेस्ट पठाउन सक्छ । यी कुनै पनि तरिकाबाट मेसेज रिक्वेस्ट वा मेसेज नआओस् भन्ने चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् । 

- सबैभन्दा पहिले मेसेन्जर एप खोल्नुहोस् । 

- त्यसपछि माथि बायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् । 

- अनि, छेउमा भएको सेटिङको आइकनमा थिच्नुहोस् । 

- यति गरेपछि प्राइभेसीको अप्सनमा जानुहोस् । र, सबैभन्दा माथि रहेको मेसेल डेलिभरीको अप्सनमा थिच्नुहोस् । 

- अनि, पिपुल विथ योर फोन नम्बर (People with your phone number) को अप्सनमा जानुहोस् । र, आफूलाई उपयुक्त लागेको अप्सन छान्नुहोस् । (उक्त अप्सनभित्र हुने च्याटको अप्सनले सोझै कुराकानी गर्न पाउने भन्ने बुझाउँछ, मेसेज रिक्वेस्टको अप्सन छान्नुभयो भने फोन नम्बरबाट मेसेज रिक्वेस्ट आउन पाउछ भन्ने हुन्छ । र, डन्ट रिसिभ रिक्वेस्टको अप्सनमा जानुभयो भने तपाईंलाई फोन नम्बरबाट पनि मेसेज रिक्वेस्ट आउँदैन ।)

- त्यसैगरी फोन नम्बरको अप्सनको तल तपाईंसँग एड भएका व्यक्तिसँग पनि एड भएका व्यक्तिले कसरी मेसेज पठाउन पाउने भन्ने उल्लेख गरिएको छ ।

- उक्त अप्सनमा पनि आफूलाई उपयुक्त लाग्ने अप्सन छान्नुहोस् । 

- र, अन्त्यमा तपाईंसँग कुनै पनि रूपमा नजोडिएका फेसबुक प्रयोगकर्ताले कसरी कन्ट्याक्ट गर्ने भनिएको अप्सन हुन्छ । 

- उक्त अदर्स अन फेसबुक (Others on Facebook) को अप्सनबाट पनि देखाइएको मेसेज रिक्वेस्टमा गएर ‘डन्ट रिसिभ मेसेज’ अप्सन छान्नुभयो भने तपाईंलाई फेसबुकबाट कसैले पनि मेसेज रिक्वेस्ट पठाउन पाउँदैन ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८० १०:२३