close

सामसङको जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभ नेपाली बजारमा, प्रिअर्डर गर्नेले के-के पाउँछन् ?

टेकपाना टेकपाना

साउन २२, २०८० १९:५९

सामसङको जेड फोल्ड फाइभ र जेड फ्लिप फाइभ नेपाली बजारमा, प्रिअर्डर गर्नेले के-के पाउँछन् ?

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ र फ्लिप फाइभको प्रिबुकिङ खुला गरिएको छ । सामसङले विगत चार वर्षदेखि आफ्नो फोल्ड र फ्लिप सिरिजका स्मार्टफोन उपलब्ध गराउँदै आएकोमा हालै पाँचौ पुस्ताको ग्यालेक्सी फोल्डबल फोन र फ्लिप फोन सार्वजनिक गरेको हो ।

यी फोनको प्रिअर्डरमा ग्राहकले २५ हजार रुपैयाँ बढीका विभिन्न उपहार तथा लाभ पाउनसक्ने कम्पनीले जनाएको छ । 

सामसङ ग्यालेक्सी जेड फ्लिप फाइभ

यसअघिको जेड फ्लिपमा बाहिरको स्क्रिन केही सानो थियो भने फ्लिप फाइभमा कम्पनीले बाहिर ३.४ इन्च स्क्रिन उपलब्ध गराएको छ । उक्त स्क्रिनबाट फोनलाई फ्लिप नगरी बाहिरबाटै क्विक सेटिङ प्रयोग गर्न सकिन्छ ।

उक्त स्क्रिनबाट सजिलै फोटो वा भिडिओ खिच्न, फोटोहरू हेर्न, वेब ब्राउज गर्न सकिने कम्पनीले बताएको छ । क्यामेराले खिच्ने फोटो उच्च गुणस्तरकाे हुनुका साथै भिडिओ पनि स्टेबल हुने कम्पनीको दाबी छ । यसमा हुने एआई स्टेरियो डेप्थ म्यापको सहायताले डिटेल फोटो खिच्न सकिने बताइएकाे छ ।

यो फोन स्न्यापड्रागन एट जेन टु प्रोसेसर प्रोसेसरद्वारा सञ्चालित छ । यो फोन गेमिङका लागि उत्कृष्ट हुने कम्पनीको दाबी छ ।

यसमा ३७०० एमएएच क्षमताको ब्याट्री छ । म्युजिक मात्र सुन्दा ब्याट्री ५७ घण्टासम्म टिक्छ भने भिडिओ हेर्दा २० घण्टासम्म टिक्ने दाबी गरिएकाे छ ।

फोनले आईपीएक्स ८ रेटिङ पाएको छ । ६.७ इन्च एफएचडी डिस्प्ले भएको यस फोनको रिफ्रेस रेट १२० हर्ज रहेको छ ।

कम्पनीले यसमा डाइनामिक एमोलेड डिस्प्ले उपलब्ध गराएको छ । क्यामेराको सन्दर्भमा यसमा १२ मेगाोपिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको वाइड क्यामेरा रहेका छन् । सेल्फी पारखीका लागि १० मेगापिक्सेलको क्यामेरा छ ।

ग्यालेक्सी जेड फ्लिप फाइभ तीन रङ्गहरूमा उपलब्ध छ (मिन्ट, लाभेण्डर र कालो) । यसको बजार मूल्य ८/२५६ जीबीको मोडेल एक लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रि-अर्डरका दुईवटा गिफ्टहरू २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटीई (३/३२ जीबी) मध्ये कुनै एक रोज्न सकिनेछ, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि रु. ५,००० र सामसङ ए७ लाइट एलटिइको लागि रु.२००० अतिरिक्त व्यहोर्नु पर्नेछ । 

 सामसङ ग्यालेक्सी जेड फाेल्ड फाइभ

जेड फोल्ड फाइभमा बाहिरी डिस्प्ले ६.२ इन्चको र भित्री डिस्प्ले ७.६ इन्चको रहेको छ । त्यस्तै १२० हर्जको रिफ्रेस रेट दिइएको छ । यो फोनमा पनि क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएकाे छ ।

यसमा कम्पनीले ४४०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । अडियो मात्र सुन्दा ब्याट्री ७३ घण्टासम्म टिक्ने र भिडिओ हेर्दा २१ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ ।

यो पनि जेड फ्लिप फाइभ जस्तै शक्तिशाली स्न्यापड्रागन ८ जेन टु प्रोसेसरद्वारा सञ्चालित छ । फोनसँगै उपलब्ध हुने एस पेनको सहायताले फोनमा विभिन्न फिचर प्रयोग गर्न सकिनेछ ।

यसमा १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको वाइड एङ्गल क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । त्यस्तै यसमा १० मेगापिक्सेलको कभर क्यामेरा र ४ मेगापिक्सेलको अन्डर डिस्प्ले सेल्फी क्यामेरा रहेको छ । 

ग्यालेक्सी जेड फोल्ड फाइभ १२ जीबी र्‍यामसहित २५६ जीबी र ५१२ जीबी स्टाेरेज भेरियन्टमा उपलब्ध छ ।

यसअन्तर्गत २५६ जीबी स्टाेरेज भेरियन्टको मूल्य दुई लाख २६ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ । त्यस्तै ५१२ जीबी स्टाेरेज भेरियन्टको मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

यसका साथै ग्यालेक्सी जेड फोल्ड फाइभ (१२ंं/२५६ जीबी) को प्रि-अर्डरमा आकर्षक उपहारहरू पनि ग्राहकहरुले रोज्नसक्ने कम्पनीले जनाएकाे छ । उदाहरणका लागि ग्राहकले फोन कभरसँगै प्रि मेमोरी अपग्रेड गर्न पाउनेछन् वा तीन हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार थपेर ४७ एमएमको ग्यालेक्सी वाच सिक्स क्लासिक प्राप्त गर्न सक्नेछन् ।

समग्रमा ग्राहकहरुले प्रि-अर्डर मार्फत् बढीमा २५ हजार सम्मको लाभ लिन सक्ने कम्पनीकाे भनाइ छ । साथै नयाँ ग्यालेक्सी जेड फ्लिप फाइभ र ग्यालेक्सी जेड फोल्ड फाइभमा स्तरोन्नति गर्न वा किन्नका इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सकिनेछ । न्यूनतम ईएमआई प्रति महिना सात हजार रुपैयाँका दरले शून्य प्रतिशत ब्याजदरमा सुरु हुनेछ ।

ग्राहकहरुले एक वर्षभित्र एकपटक ब्रेकेज इन्सुरेन्सको साथ एकपटक प्रोटेक्टिभ फिल्म पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले एक्स्चेन्ज सुविधाको पनि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८० २०:८