close

१२ जीबीसम्म र्‍याम बढाउन मिल्ने भिभो वाई २७ नेपाली बजारमा, मूल्य २४ हजार

टेकपाना टेकपाना

साउन २३, २०८० १७:२९

१२ जीबीसम्म र्‍याम बढाउन मिल्ने भिभो वाई २७ नेपाली बजारमा, मूल्य २४ हजार

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले आफ्नो ‘वाई’ सिरिजको नयाँं स्मार्टफोन सार्वजनिक गरेको छ । हेर्नमा आकर्षक देखिने ‘वाई २७’ माेडेलको फोन कम्पनीले हालै नेपाली उपभाेक्ताका लागि भित्र्याएको हो ।

४४ वाटको फ्ल्याश चार्जिङ सपोर्ट गर्ने फोनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । नाइट टाइम चार्जिङ प्रोटेक्सन फिचर भएको फोनमा डुअल रिङ डिजाइन र २.५ डी फ्ल्याट फ्रेम रहेको छ ।

फोनमा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टाेरेज दिइएकाे छ । साथै थप ६ जीबी भर्चुअल र्‍याम थप्न सकिने सुविधा छ । यसले गर्दा फोनमा मल्टी टास्क गर्दा समस्या नहुने कम्पनीले उल्लेख गरेकाे छ ।

धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष उपयोगी हुने कम्पनीकाे भनाइ छ । फोनको पछाडि ५० मेगापिक्सेलकाे अल्ट्रा क्लियर र २ मेगापिक्चरको डुअल क्यामरा दिइएको छ । ​सेल्फी क्यामेरा भने ८ मेगापिक्सेलकाे रहेको छ ।

नेपाली बजारमा फाेनको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १९:०