काठमाडौं । स्काईवर्थ बीएम सिरिजको मल्टिडोर रेफ्रिजेरेटर (फ्रिज) (माेडेल नम्बर-SRM-600BMW) नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि स्काईवर्थको आधिकारिक बिक्रेता स्मार्ट अप्लायन्सेस प्रालिले स्काईवर्थ बीएम सिरिजको ५१० लिटर फ्रिज नेपाली उपभाेक्ताका लागि भित्र्याएकाे हाे ।
यो फ्रिजमा ‘टोटल नो फ्रोस्ट’को सुविधा छ, जसले गर्दा फ्रिजमा आइस जमाउने वा मेल्टिङ गर्नुपर्ने झन्झट पर्दैन । मल्टि एयर फ्लो सिस्टम भएको फ्रिजमा ढोका खुल्ने बित्तिकै अलार्म बज्ने सुविधा छ । फ्रिज सफा गर्न नानो एजी प्लस फिक्टर राखिएको छ, जसले फ्रिजभित्र भएका ब्याक्टेरिया हटाएर त्यहाँ राखिएका खानालाई स्वस्थ राख्ने कम्पनीले बताएको छ ।
त्यस्तै यसमा चिसाे हावा प्रवाहका लागि मेटल एयर डक्टिङ सुविधा छ । जसमार्फत् फ्रिजको कुलिङ पर्फर्मेन्स राम्रो हुनुका साथै फ्रिज टिकाउ हुने कम्पनीले जनाएको छ ।
फ्रिजमा छ ओटा लक्जरी एलईडी लाइट राखिएको छ । यसले गर्दा फ्रिजका हरेक कुनामा लाइट पर्छ । यसको सहायताले रात वा दिनको समयमा पनि फ्रिजभित्र अतिरिक्त प्रकाशको स्रोत बिनै खानेहरू फेला पार्न सकिन्छ ।
फ्रिजमा एउटा छुट्टै सिल्ड स्टोरेज बक्स पनि दिइएको छ । उक्त बक्समा आवश्यकता अनुसार सिल गरेर राख्नुपर्ने वस्तु भण्डारण गर्न सकिन्छ । त्यस्तै फ्रिजमा भएको इलेक्ट्रोनिक कन्ट्रोल प्यानलको सहायताले फ्रिजलाई बाहिरबाटै एडजस्ट गर्न सकिन्छ ।
त्यससँगै यो फ्रिजमा डुअल इन्भर्टर टेक्नोलोजी समावेश गरिएको छ । यो फ्रिजको मूल्य एक लाख ७० हजार रुपैयाँ ताेकिएकाे छ । तर, कम्पनीले यो फ्रिज सुरुवाती अवस्थामा एक लाख ३६ हजार रुपैयाँमै बिक्री गर्न लागेको जनाएको छ ।
स्काईवर्थले कार निर्माता कम्पनी बीएमडब्लूसँग सहकार्य गरेर यो फ्रिज डिजाइन गरेको हो ।