close

डिशहोम टिभीको मासिक शुल्क रु. १०० !

टेकपाना टेकपाना

साउन २४, २०८० १९:३७

डिशहोम टिभीको मासिक शुल्क रु. १०० !

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र मनोरञ्जन एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । कम्पनीले मासिक १०० रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने प्याकेज ल्याएको हो ।

उक्त प्याकेज कम्पनीका नयाँ तथा पुराना ग्राहकले पाउने जनाइएको छ । डिशहोमको नयाँ फाइबरनेट सब्सक्रिप्सन लिँदा डिशहोम टिभी जडानको लाभ उठाउन सकिने कम्पनीले बताएको छ ।

यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइबरनेटको कनेक्सन लिएर पनि पाउनसक्ने कम्पनीको भनाइ छ । अफरमा ग्राहकले उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानल पाउने ‍कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८० १९:३७