close

रोनाल्डो बने इन्स्टाग्राममा ६० करोड फलोअर हुने पहिलो व्यक्ति

टेकपाना टेकपाना

साउन २६, २०८० ७:४९

रोनाल्डो बने इन्स्टाग्राममा ६० करोड फलोअर हुने पहिलो व्यक्ति

काठमाडौं । अल नासर फुटबल क्लब तथा पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो इन्स्टाग्राममा ६० करोड फलोअर हुने पहिलो व्यक्ति बनेका छन् । गत वर्ष नोभेम्बरमा ५० करोड फलोअरको रेकर्ड बनाएका रोनाल्डोले नौ महिनाको अवधिका १० करोड फलोअर बढाएर नयाँ रेकर्ड राखेका हुन् ।

उनलाई पछ्याउँदै अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीको इन्स्टाग्राम अकाउन्टमा हाल ४८ करोड २० लाख बढी फलोअर रहेका छन् । त्यस्तै ४२ करोड ७० लाख फलोअरका साथ अमेरिकी गायिका सेलेना गोमेज तेस्रो स्थानमा छन् ।

फेसबुकमा पनि रोनाल्डो सर्वाधिक बढी फलोअर हुने व्यक्ति हुन् । उनको पेजमा १६ करोड ३० लाख बढी फलिअर रहेका छन् । त्यस्तै एक्समा १० करोड ९१ लाख फलोअरका साथ सर्वाधिक फलोअर हुने व्यक्तिको चौंथो स्थानमा पर्छन् ।

फेसबुक, इन्स्टाग्राम र एक्समा गरी रोनाल्डोका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा कूल ८७ करोड २१ लाख बढी फलोअर रहेका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन २६, २०८० ७:४९