close

त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटीमा भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

साउन २६, २०८० १०:२

त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटीमा भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) मा भर्ना खुलेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले शुक्रवार एक सूचना प्रकाशित गर्दै त्यसको जानकारी दिएको हो ।

२०८० सालको नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुनु पर्नेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा सेमेस्टर प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार विज्ञँन तर्फ यस विषयको अध्यापन हुने गरेको छ ।

बीएससी सीएसआईटीमा भर्ना हुन चाहने विद्यार्थीले यहाँ क्लिक गरी मा गएर आफैंले अनलाइन आवेदन दिनु पर्नेछ । प्रवेश परीक्षाका लागि आवेदन दिने वेब पेज भने यही ३२ साउन बिहान १० बजेदेखि मात्रै खुल्नेछ ।

त्यसपछि २६ भदौ भित्र प्रवेश परीक्षाका लागि आवेदन दिइसक्नु पर्ने संस्थानले जनाएको छ । यद्यपि दोब्बर दस्तुर तिरेर भदौ ३१ सम्म फाराम भर्न सकिनेछ । आवेदन दिने विद्यार्थीका लागि प्रवेश परीक्षा शुल्क १,८५० तोकिएको छ ।

प्रवेश परीक्षा हुने मिति, समय र परीक्षा केन्द्रको विषयमा भने अर्को सूचना मार्फत जानकारी दिइने उल्लेख छ । ​किन पढ्ने बीएससी सीएसआईटी ? आवश्यक जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

 




 

पछिल्लो अध्यावधिक: साउन २६, २०८० ११:५५