close

लिङ्क गरिएको बैंकबाट मोबाइलमा रु. ५०० टपअप गर्दा ईसेवाले २.५ जीबी डेटा दिने

टेकपाना टेकपाना

साउन २६, २०८० १७:२५

लिङ्क गरिएको बैंकबाट मोबाइलमा रु. ५०० टपअप गर्दा ईसेवाले २.५ जीबी डेटा दिने

काठमाडौं । ईसेवाले लिङ्क गरिएको बैंक अकाउन्टबाट मोबाइलमा ५०० रुपैयाँ टपअप गर्दा २.५ जीबी डेटा जित्नसक्ने अफर ल्याएको छ । भदौ ७ गतेसम्म सञ्चालन हुने यो अफर अन्तर्गत कम्पनीले भाग्यशाली १०० जनालाई यस अफरमा सहभागी बनाउने भएको हो ।

यसका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा लिङ्क भएको बैंक अकाउन्टबाट न्यूनतम ५०० रुपैयाँ टपअप गर्नुपर्ने हुन्छ । त्यसपछि एक हप्ता मान्य हुने २.५ जीबी डेटाका लागि प्रयोगकर्ता योग्य हुनेछन् ।

कम्पनीका अनुसार रकम टपअप गरेर बैंक अकाउन्ट अनलिङ्क गर्ने प्रयोगकर्ता उक्त डेटा पाउन योग्य हुने छैनन् । सो अफरका विजेता ईसेवाले हरेक पाँच दिनमा घोषणा गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १७:३९