close

एमजी मोटर्सको १०० वर्ष पूरा, पुराना डिजेल-पेट्रोल गाडी जेड एस ईभीसँग साट्न मिल्ने

टेकपाना टेकपाना

साउन २८, २०८० १५:१३

एमजी मोटर्सको १०० वर्ष पूरा, पुराना डिजेल-पेट्रोल गाडी जेड एस ईभीसँग साट्न मिल्ने

काठमाडौं । जुनसुकै ब्रान्डका पुराना गाडी बेलायती ब्रान्डको विद्युतीय गाडी एमजी जेड एस ईभीसँग साट्न सकिने भएको छ । कम्पनीले एमजी ब्रान्डका सवारी निर्माणको १०० वर्ष पुगेको उपलक्ष्यमा यस्तो एक्सचेञ्ज अफर ल्याएको हो ।

नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले पुराना गाडी ल्याएर आउने ग्राहकलाई उत्साहजनक फाइदाका साथै पुरानो गाडीका लागि आकर्षक एक्सचेञ्ज रेट दिने समेत बताएको छ ।

एक्सचेञ्ज अफरमा भाग लिन चाहने ग्राहकले बनेपा, नारायणगढ, बुटवल, भैरहवा, विराटनगर, बिर्तामोड, जनकपुर, पोखरा, धनगढी, दाङ र वीरगन्जमा रहेका एमजी डिलरहरूमा सम्पर्क राख्न सक्नेछन् ।

पारामाउन्ट मोटर्सका सीईओ सचिन अर्यालले यो अफर आगामी १५ दिनसम्म जारी रहने बताए । "सन् १९२४ मा स्थापना भएको एमजी मोटर्सले १०० वर्ष पूरा गरेको उपलक्ष्यमा यो अफर ल्याएका हौं," उनले भने ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८० १५:१६