close

ईसेवालाई पब्लिकमा जाने अनुमति, अब आईपीओ जारी गर्ने

टेकपाना टेकपाना

साउन २८, २०८० २१:५९

ईसेवालाई पब्लिकमा जाने अनुमति, अब आईपीओ जारी गर्ने

काठमाडौं । नेपालकै पहिलो डिजिटल वालेट कम्पनी ईसेवाले पब्लिक कम्पनी बन्ने अनुमति पाएको छ । केन्द्रिय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकले ईसेवालाई प्रालिबाट पब्लिकमा जाने अनुमति दिएको हो ।

ईसेवाले केही महिना अघि दिएको आवेदनको आधारमा राष्ट्र बैंकले आवश्यक परीक्षण गरी पब्लिकमा जान स्वीकृति दिएको छ ।

ईसेवामा विश्वास ढकालको ३५ प्रतिशत, असगर अलीको २५ प्रतिशत, कान्तिपुरका मालिक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाको २० प्रतिशत, सुवास शर्माको १० प्रतिशत, सुभास सापकोटाको पाँच प्रतिशत र बाँकी पाँच प्रतिशत केही कर्मचारीहरूको शेयर स्वामित्व रहेको छ ।

अब पब्लिकमा इसकेपछि ईसेवाले सर्वसाधारणको नाममा प्रिमियम मूल्यको आईपीओ निष्कासन गर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८० २२:११