close

एमजी मोटर्सको एक्सचेन्ज अफर, कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सकिने

टेकपाना टेकपाना

साउन ३०, २०८० ७:२०

एमजी मोटर्सको एक्सचेन्ज अफर, कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सकिने

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो ।

यसअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् ।

साउन २६ देखि भदौ २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगंज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ ।

यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३०, २०८० ७:२०