close

क्यामेराको लेन्स किन हुन्छ गोलो ?

टेकपाना टेकपाना

साउन ३१, २०८० १५:२६

क्यामेराको लेन्स किन हुन्छ गोलो ?

काठमाडौं । बारफोन, स्मार्टफोन वा जुनसुकै डिजिटल क्यामेरामा पनि गोलो आकारको लेन्स राखिएको हुन्छ । केही स्मार्टफोनले क्यामेरा डिजाइन चतुर्भुज आकारको बनाए पनि त्यसमा राखिने लेन्स भने गोलो नै हुन्छ ।

तर गोलो लेन्स भएको क्यामेराबाट खिचिएको फोटो सधैं वर्गाकार वा चतुर्भुज आकारको हुन्छ । लेन्स चतुर्भुज आकारको किन प्रयोग गरिएन, अनि गोलो लेन्स भएको क्यामेराले खिचेको फोटो गोलो नभई किन चतुर्भुज आकारको भयो भन्ने विषयमा यहाँ चर्चा गरिएको छ:

क्यामेराको लेन्स गोलो बनाउनुका पछाडि वैज्ञानिक कारण छ । बाहिरबाट प्रकाश आफूतर्फ खिच्नका लागि गोलो आकार नै सबैभन्दा उपयुक्त हुन्छ । गोलो आकारको लेन्स हुँदा सबै दिशाको प्रकाश एउटा विन्दुमा ल्याउँछ, जसलाई फोकल लेन्थ (Focal Length) भनिन्छ । फोटो प्रस्ट (शार्प) आउनुको कारण यो पनि एउटा हो । 

क्यामेरामा प्रयोग हुने फिल्म वा इमेज सेन्सर चतुर्भुज आकारको हुने भएकाले फोटो चतुर्भुज आकारको आउँछ । यसो त लेन्सले वस्तुबाट आउने बाहिरको प्रकाशलाई आफूतर्फ खिचेर फिल्म वा इमेज प्रोसेसरलाई पठाउँदा गोलो आकारको फोटो नै पठाउँछ । तर, इमेज प्रोसेसरले उक्त फोटोलाई क्रप गरेर चतुर्भुज आकारको बनाउँछ । 

त्यसोभए क्यामेरा निर्माता कम्पनीले फिल्म वा सेन्सर गोलो नराखी किन चारकुने राखे भन्ने पनि प्रश्न आउँछ । यसका पछाडि पनि वैज्ञानिक कारण छ । गोलो सेन्सरभन्दा चारकुने सेन्सर प्रयोग गर्न बढी सहज हुन्छ ।

विशेषगरी क्यामेरामा सेन्सर राख्दा वा झिक्दा गोलोभन्दा चारकुने सेन्सर सहज हुने भएकाले पनि चारकुने सेन्सर राखिएको हुन्छ । गोलो फोटोभन्दा चारकुने फोटो नै बढि चर्चित छन् । यस्तो फोटो प्रोफेसन्ल देखिनुका साथै व्यवहारिक पनि देखिन्छन् ।

त्यसबाहेक पनि फ्रेमका लागि चार कुने फोटो काट्न सहज हुन्छ । त्यसैमा गोलो फोटो काट्नुपर्‍यो भने त्यसको धारहरू नमिल्न सक्छ । त्यसैलाई सहज बनाउन कम्पनीहरू विश्वव्यापी रूपमा चतुर्भुज आकार वा चार कुने आकारका फोटो प्रचलनमा ल्याएका हुन् ।   

 

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १५:२६