close

यी क्षेत्रमा आज ५ घण्टासम्म बिजुली नआउने

टेकपाना टेकपाना

भदौ २, २०८० ९:२९

यी क्षेत्रमा आज ५ घण्टासम्म बिजुली नआउने

काठमाडौं । शनिबार काठमाडौंका विभिन्न ठाउँमा पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । एक सूचना प्रकाशित गर्दै नेपाल विद्युत् प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति नहुने जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिबिल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्रसम्म विद्युत् अवरूद्ध हुनेछ ।

त्यस्तै  ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक क्षेत्र, एलआरआई, न्यु डाइमण्ड, सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउराली, दुर्गानगर, स्युचाटार पुलसम्म बिजुली आपूर्ति नहुने  भएकाे छ ।

मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म पनि विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० ९:२९