close

आईफोन १५ भारतमा उत्पादन हुँदै

टेकपाना टेकपाना

भदौ ५, २०८० २०:८

आईफोन १५ भारतमा उत्पादन हुँदै

काठमाडौं । एप्पलले भारतमा आईफोन १५ को उत्पादन सुरु गरेको छ । एप्पलको आपूर्तिकर्ता फक्सकनले भारतको तामिलनाडुस्थित आफ्नो प्लान्टमा आईफोनकाे नयाँ सिरिज उत्पादन थालेको हो ।

चीनमा आईफोन उत्पादन भएको केही दिन भित्रमै फक्सकनले भारतमा काम थालेको हाे । अमेरिका-चीनबीच बढ्दाे तिक्तताका बीच एप्पलले चीनमाथिको उत्पादन निर्भरता घटाउन भारतीय प्लान्टलाई प्राथमिकता दिने गरेकाे छ ।

एप्पलका सीईओ टिम कुक स्वयंले भारतलाई ‘ठूलो अवसर’ भएको बताएका थिए । उनको उक्त भनाइले पनि भारतलाई आफ्नो उत्पादन केन्द्र र बजार बनाउन एप्पल लागेको अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय एप्पलले भारतमा आफ्नो आईफोन उत्पादनको मात्रा  बढाउँदै लगेको छ । सन् २०२२ मा मात्रै भारतमा सात अर्ब डलर बढी मूल्यको आईफोन एसेम्बल भएको थियो । 

भारतमा फक्सकन बाहेक पेगाट्रोन, टाटा ग्रुप जस्ता अन्य कम्पनीले पनि आईफोन १५ एसेम्बल गर्न लागेकाे बताइएकाे छ ।

आउँदो सेप्टेम्बर महिनामा हुने 'एप्पल इभेन्ट'मा आईफोन १५  सार्वजनिक हुँदैछ ।

 

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० २०:८