close

सामसङ ग्यालेक्सी एस २४ मा ठूलो ब्याट्री हुने

टेकपाना टेकपाना

भदौ ६, २०८० ११:२९

सामसङ ग्यालेक्सी एस २४ मा ठूलो ब्याट्री हुने

काठमाडौं । सामसङ ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक हुने मिति नजिकिँदैछ । यससँगै सो मोडेलका विभिन्न फिचरहरू लिक भइरहेका छन् । बाहिरिएका केही जानकारी अनुसार सामसङ ग्यालेक्सी एस २४ मा एस २३ को तुलनामा ठूलो ब्याट्री हुनेछ ।

डच न्युज पोर्टल ग्यालेक्सी क्लबमा आएको सूचना अनुसार २०२१ मा सार्वजनिक भएको एस २१ र एस २४ को ब्याट्री साइज बराबर हुनेछ । यसको अर्थ ग्यालेक्सी एस २४ सिरिजको बेस मोडेलमा ४००० एमएएएच क्षमताको ब्याट्री हुनेछ ।

यता एस २२ र एस २३ को त्यही भेरियन्टमा कम्पनीले क्रमशः ३७०० र ३९०० एमएएच क्षमताको ब्याट्री दिएको थियो । सोही पोर्टलका अनुसार ग्यालेक्सी एस २४ को प्लस सिरिजमा पनि ब्याट्रीको आकार ठूलो हुनेछ । अर्थात् एस २४ प्लस ४९०० एमएएच क्षमताको ब्याट्री हुनेछ ।

यता एस २४ अल्ट्रामा भने ५००० एमएएच क्षमताको ब्याट्री हुने बताइएको छ । कम्पनीले एस २३ अल्ट्रा भेरियन्टमा पनि यही क्षमताको ब्याट्री उपलब्ध गराएको थियो । त्यस्तै एस २३ प्लसमा ४७०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।

ब्याट्री ठूलो हुँदैमा सधैं ब्याट्री लाइफ धेरै हुन्छ भन्ने हुँदैन । तर, फास्ट चार्जर प्रयोग गर्ने अवस्था बाहेक अन्य अवस्थामा चार्ज गर्न भने बढी समय लिन्छ । एस २३ को बेस मोडलले २५ वाट, इस २३ र एस २३ अल्ट्राले ४५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छन् ।

यता एस २४ का कुन मोडेलले कस्तो चार्जर प्रयोग गर्छन् खुलाइएको छैन । चार्जिङ र ब्याट्री बाहेक एस २४ मा नयाँ डिजाइन, क्यामेरामा सुधार र सफ्टवेयर सपोर्ट राम्रो हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १४:१२