close

आउँदो महिना केयू ह्याक फेस्ट हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ ६, २०८० १२:३९

आउँदो महिना केयू ह्याक फेस्ट हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको काठमाडौं युनिभर्सिटी कम्प्युटर क्लब (केयूसीसी) काे आयाेजनामा अन्तर्राष्ट्रिय स्तरकाे ‘केयू ह्याकफेस्ट २०२३’ हुने भएको छ । 

आउँदो असोज १२ देखि १४ सम्म लगातार ४८ घण्टा हुने ह्याकफेस्टमा विश्वभरबाट कम्प्युटर तथा सूचना प्रविधिमा रुचि भएका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।

२३ भदाैसम्म इच्छुक व्यक्ति एवं समूहले अनलाइनमार्फत आवेदन दिनुपर्ने छ । ​यससम्बन्धी थप विवरण बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

अघिल्लो संस्करणमा भौतिक तथा भर्चुअल माध्यमबाट २९ देशबाट ६०० बढीकाे सहभागिता रहेकाे र ६० भन्दा धेरै प्रोजेक्ट प्रस्तुत भएको क्लबले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १२:४५