close

भदौ ३१ देखि सधैंका लागि मेसेन्जर लाइट बन्द हुने

टेकपाना टेकपाना

भदौ ८, २०८० २०:१३

भदौ ३१ देखि सधैंका लागि मेसेन्जर लाइट बन्द हुने

काठमाडौं । आउँदो १७ सेप्टेम्बर अर्थात् भदाै ३१ देखि मेटाले आफ्नो ‘मेसेन्जर लाइट’ सधैंका लागि बन्द गर्ने भएको छ । हाल प्रयोगकर्ताले सो एप खोल्दा ‘मुख्य मेसेन्जर एपमा स्विच गर्नु’ भन्ने सूचना सहित डाउनलोड लिङ्क दिन थालिएकाे छ ।

सन् २०१६ मा मुख्य मेसेन्जर एपको विकल्पको रूपमा मेटाले मेसेन्जर लाइट सार्वजनिक गरेको थियो, जसले कम स्टोरेज र डेटा खपत गर्छ । 

पुराना र कम प्राेसेसरयुक्त एन्ड्राेइड फोनहरूमा मेसेन्जरको यो विकल्प बनेको थियो । तर अब कम्पनीले सधैंका लागि गुगल प्ले स्टोरबाट मेसेन्जर लाइट हटाउने घाेषणा गरेकाे छ । तर मेसेन्जर लाइट प्रयाेग गरिरहेका प्रयाेगकर्ता एपकाे डेटा वा च्याट भने डिलिट नहुने मेटाले जनाएकाे छ ।

यसअघि आईओएसका लागि उपलब्ध मेसेन्जर लाइट पनि सन् २०२० मा हटाइएकाे थियाे । हाल ७६ कराेड बढी एन्ड्राेइड फाेनमा मेसेन्जर लाइट एप उपलब्ध भएकाे बताइन्छ ।

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० २०:२१