close

इन्जिनियरिङको नयाँ शुल्क निर्धारण गर्न विद्यार्थी सहितको समिति गठन

टेकपाना टेकपाना

भदौ २०, २०८० १३:१९

इन्जिनियरिङको नयाँ शुल्क निर्धारण गर्न विद्यार्थी सहितको समिति गठन

काठमाडौं । शुल्क पुनरावलोकन गर्न इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले विद्यार्थी प्रतिनिधि सहितको नयाँ समिति गठन गरेको छ । आईओईले पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. हरिराम पराजुलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो ।

सदस्यमा आईओई पदाधिकारीहरू, प्राध्यापक संघ तथा कर्मचारी संघका सभापतिहरू, आङ्गिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष तथा क्याम्पस इकाई कमिटी सदस्यहरू रहेका छन् ।

यो समितिले भदौ २५ सम्म प्रतिवेदन पेश गर्ने बताइएकाे छ ।

यसअघि आईओईले बढाएको शुल्क अवैज्ञानिक भएको, विद्यार्थीलाई मार पार्ने खालको भएको भन्दै विद्यार्थी सङ्गठनहरूले विरोध गरेका थिए । विरोध बढ्दै गएपछि आईओई, त्रिवि रजिष्ट्रारकाे कार्यालय र आन्दोलनरत विद्यार्थीहरूबीच शुल्क पुनरावलोकन गर्न नयाँ समिति गठन गर्ने सम्झौता भएको थियो ।

सोही अनुसार आईओईले यो समिति गठन गरेको हो । समितिले निर्धारण गरेको शुल्क मान्य भए यसै शैक्षिक सत्रदेखि लागू गर्ने आईओईले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० १४:२०