close

आउँदो महिना पिक्सेल ८ सिरिज सार्वजनिक गर्दै गुगल

टेकपाना टेकपाना

भदौ २२, २०८० ११:४९

आउँदो महिना पिक्सेल ८ सिरिज सार्वजनिक गर्दै गुगल

काठमाडौं । गुगलले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिज पिक्सेल ८ आउँदो असोज १७ अर्थात् ४ अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । आफ्नो इन्स्टाग्राम अकाउन्ट तथा अनलाइन स्टोरमा मिति सार्वजनिक गर्दै गुगलले यसबारे जानकारी दिएको हो । 

नयाँ सिरिज अन्तर्गत कम्पनीले पिक्सेल ८ र पिक्सेल ८ प्रो ल्याउने निश्चित गरेको छ । सार्वजनिक भएको फोटो तथा भिडिओमा पोर्सिलेन ह्वाइट र पिन्किश रोज रेड कलरमा पिक्सेल ८ प्रो र पिक्सेल ८ देखाइएको छ । त्यस्तै पिक्सेल ८ मा पछाडि दुई ओटा क्यामेरा र पिक्सेल ८ प्रोमा तीन ओटा क्यामेरा सेटअप देख्न सकिन्छ ।  

गुगलले यो सिरिजका फोनहरूमा अहिलेसम्मकै आधुनिक र विकसित पिक्सेल क्यामेरा र गुगल एआई हुने बताएको छ । त्यस्तै म्याजिक इरेजर र फोटो अनब्लर (photo unblur) जस्ता एआई फोटो एडिटिङ टुल र लाइभ ट्रान्सलेट फिचर हुनेछन् । 

यसअघि बाहिरिएका जानकारी अनुसार पिक्सेल ८ मा गुगलको टेन्सर जी वान र पिक्सेल ८ प्रोमा टेन्सर जी टु चिप प्रयोग हुनेछ । 

४ अक्टोबरमा हुने कार्यक्रममा गुगलले पिक्सेल वाच टु र पिक्सेल बड्स प्रो पनि सार्वजनिक गर्ने अनुमान छ ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० ११:५६