close

ह्वाट्सएपमा अब आफूले पठाएका मेसेजहरू फिल्टर गर्न मिल्ने

टेकपाना टेकपाना

भदौ २५, २०८० १३:९

ह्वाट्सएपमा अब आफूले पठाएका मेसेजहरू फिल्टर गर्न मिल्ने

 

काठमाडौं । ह्वाट्सएपले आफ्नो नयाँ अपडेटमा 'च्याट फिल्टर' नामक फिचर ल्याउने भएको छ । ह्वाट्सएपबारे लेख्ने वाबेटाइन्फो (Wabetainfo) ले प्रयोगकर्तालाई आफ्ना मेसेजहरू व्यवस्थापन गर्न उक्त फिचर आउन लागेकाे जानकारी दिएकाे हाे । 

हाल विकासकै चरणमा रहेको यो फिचर ह्वाट्सएपमा धेरै मेसेज गर्नेहरूलाई उपयोगी हुने बताइएको छ । यसअन्तर्गत यो फिचर एपमा आएपछि प्रयोगकर्ताहरूले आफ्नो मेसेजमा ‘ग्रुप्स’ (groups) फिल्टर देख्नेछन् ।

त्यसमा क्लिक गरेपछि विभिन्न ग्रुपहरूमा आफूले गरेकाे मेसेज देखिन्छ । त्यसबाट प्रयाेगगकर्ताले मेसेजहरू फिल्टर गर्न सक्नेछन् । त्यस्तै  'पर्सनल' (personal) फिल्टरबाट विभिन्न व्यक्तिहरूसँग गरिएको कुराकानी फिल्टर गर्न सकिने छ । 

ह्वाट्सएपले यो सहित अन्य विभिन्न फिचरहरू २.२३.१९.७ भर्सनमा ल्याउने चर्चा छ । यद्यपि यो फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र जनाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८० १३:९