close

कस्तो होला आईफोनमा आउन लागेको नयाँ रिङटोन ?

टेकपाना टेकपाना

भदौ २८, २०८० १६:१४

कस्तो होला आईफोनमा आउन लागेको नयाँ रिङटोन ?

काठमाडौं । आईओएस १७ सँगै आईफाेनमा नयाँ रिङटोन आउने भएको छ । एप्पलको समाचार प्रकाशन गर्ने प्लेटफर्म नाइन टु फाइभ म्याकका अनुसार आईओएस १७ आरसी (रिलिज क्यान्डिडेट) मा आईफाेनका लागि नयाँ रिङटोन थपिएको जानकारी दिएको हो ।

आरसीमा जे-जस्ता फिचरहरू हुन्छन्, औपचारिक रूपमा सार्वजनिक भइसकेपछि पनि त्यही फिचर हुने भएकाले आईफोन प्रयोगकर्ताले छिट्टै नयाँ रिङटोन राख्न पाउने बताइएको छ । 

नाइन टु फाइभ म्याकका अनुसार आईओएस १७ मा साउन्ड अलर्ट र रिङटोन गरी २० ओटाभन्दा बढी रिङटोन रहेका छन् । आईओएस १७ आरसी इन्स्टल गरेका केही प्रयोगकर्ताले आफूलाई नयाँ रिङटोन आकर्षक लागेको उल्लेख गरेका छन् ।

द भर्जका पत्रकार जे पिटर्सले आफूलाई ‘जर्नी’ नामको रिङटोन मन परेको उल्लेख गरेका छन् । “यो रिङटोन क्लासिक आरपीही जस्ता सुनिन्छ,” पिटर्सले लेखेका छन् ।

यदि तपाईं आईफोनमा आउन लागेका नयाँ रिङटोन सुन्न चाहनु हुन्छ भने तलको भिडिओ हेर्न सक्नुहुन्छ । आईओएस १७ सेप्टेम्बर १७ मा सार्वजनिक हुँदैछ ।

iOS 17 RC new ringtones - 9to5Mac from Filipe Esposito on Vimeo.

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० १६:१४