close

क्रोमबुक ओएसमा १० वर्षसम्म स्वतः सफ्टवेयर अपडेट दिने गुगलको घोषणा

टेकपाना टेकपाना

भदौ २९, २०८० १२:४६

क्रोमबुक ओएसमा १० वर्षसम्म स्वतः सफ्टवेयर अपडेट दिने गुगलको घोषणा

काठमाडौं । गुगलले क्रोमबुकमा आगामी १० वर्षसम्म सेक्युरिटी अपडेट दिने भएको छ । एक ब्लग पोस्ट लेख्दै कम्पनीले सन् २०२४ पछि क्रोमबुकमा यस्तो अपडेट दिन लागेको जनाएको हो ।

योसँगै सन् २०२१ वा यसपछि आएका क्रोमबुकहरूले यो अपडेट पाउनेछन् । अहिले गुगलले क्रोमबुकमा आठ वर्षको स्वत: अपडेट दिने गरेको छ । अब भने प्रयोगकर्ताले १० वर्षसम्म अपडेट पाउनेछन् ।

त्यस्तै गुगलले क्रोमबुक रिपेयर प्रोग्राम पनि अपडेट गर्ने भएको छ । यस अपडेटपछि  प्राविधिकहरूले यूएसबी की  (USB key) बिना नै सफ्टवेयर मर्मत गर्न सक्नेछन् ।

साथै सफ्टवेयर मर्मत गर्ने काम पहिलेको तुलनामा ५० प्रतिशत चाँडो हुने गुगलको दाबी छ । आगामी दिनहरूमा एडेप्टिभ चार्जिङ, इनर्जी सेभर, चार्ज लिमिट जस्ता अपडेट पनि क्रोमबुकमा ल्याउने गुगलले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १२:४६