close

प्रविधि पत्रकार मञ्चमा उमेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

टेकपाना टेकपाना

भदौ २९, २०८० १६:५२

प्रविधि पत्रकार मञ्चमा उमेश पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले उमेश पाैडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति पाएकाे छ । शुक्रबार सम्पन्न १०औं वार्षिक साधारणसभाबाट पौडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएकाे हाे । 

मञ्‍चको उपाध्यक्षमा पूर्णभक्त दुवाल, सचिवमा उन्नत सापकोटा, कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी सर्वसम्मत भए । त्यस्तै कार्यसमिति सदस्यमा अभिषेक गुप्ता, कमल केसी, गणेश सुवेदी, प्रकाश चन्द्र जोशी, सजना बराल र हिक्मत आचार्य चयन भए ।

नवनिर्वाचित अध्यक्ष पौडेलले संस्थाको हित र प्रविधि क्षेत्रमा सक्रिय पत्रकारको क्षमता अभिवृद्धिमा सक्रिय भएर लाग्‍ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १६:५२