close

धरानबासीले अब खानेपानीको बिल आइएमई पे वालेटमार्फत र्तिन सक्ने

टेकपाना टेकपाना

भदौ ३०, २०८० ९:२३

धरानबासीले अब खानेपानीको बिल आइएमई पे वालेटमार्फत र्तिन सक्ने

 

काठमाडौं । डिजिटल वालेट आइएमई पेमार्फत अब उपभोक्ताले धरान खानेपानी बोर्डको भुक्तानी गर्न सक्ने भएका छन् । एक विज्ञप्ति जारी गर्दै आइएमई पेले धरानबासीको सुविधाका लागि खानेपानीको बिल अनलाइनबाटै भुक्तानी गर्न सकिने सुविधा ल्याएको जानकारी दिएको हो ।

यस्तो सुविधा ल्याएको अवसरमा कम्पनीले "किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने" अफर पनि सार्वजनिक गरेको छ । उपभोक्ताले पानीको बिल आईएमईमार्फत् 'WATER' प्राेमाेकाेड प्रयाेग गरी भुक्तानी गर्दा सय रुपैयाँसम्म छुट पाउन सक्नेछन् ।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने आइएमई पेकाे विश्वास छ ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० ९:२३