काठमाडौं । अब ह्वाट्सएपको भिडिओ कलबाट ३१ जनासँग जोडिन मिल्ने भएको छ । ग्रुप कललाई सुधार गर्दै ह्वाट्सएपले यस्तो फिचर ल्याएको हो । वाबेटाइन्फोका अनुसार ह्वाट्सएपले एन्ड्रोइडको नयाँ बेटा भर्सन २.२३.१९.१६ मा यो सहित कल ट्याबमा अन्य कुराहरूको सुधार गरेको छ ।
यसअघि सात जनालाई मात्र भिडिओ कल गर्न मिल्ने फिचरलाई सुधार गर्दै कम्पनीले त्यो संख्या १५ जनासम्म पुर्याएको थियो । अब भने १५ को सीमालाई पनि बढाएर ३१ पुर्याइएको हो । त्यस्तै अब कलको लिङ्क स्क्रिनबाट समेत हट्ने भएको छ । साथै फ्लोटिङ एक्सन बटन प्लस (+) चिन्हमा फेरिने भएको छ ।
हाल बेटा टेस्टरहरूमाझ मात्र उपलब्ध गराइएको यो फिचर चाँडै नै सबैका लागि उपलब्ध हुने बताइएको छ ।
साथै ह्वाट्सएपले ‘अटोमेटिङ सेक्युरिटी कोड भेरिफिकेसन’ फिचर ल्याउने तयारी गरिरहेको छ । यो फिचर आएपछि एप आफैंले आएका मेसेजहरूको प्रणाणित गर्ने बताइएको छ । हाल यसलाई पनि बेटा टेस्टरहरूले परीक्षण गरिरहेका छन् ।