close

समाचार लिंक शेयर गर्दा फेसबुकमा किन आइरहेको छ समस्या ?

टेकपाना टेकपाना

असोज २, २०८० १५:१७

समाचार लिंक शेयर गर्दा फेसबुकमा किन आइरहेको छ समस्या ?

 

काठमाडौं । मंगलबार विहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फाेटाे नदेखिने समस्या आएको छ । मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाले त्यस्तो समस्या आइरहेको हुनसक्ने डेभलपरहरूले अनुमान गरेका छन् ।

विशेषगरी कुनै पनि लिङ्क डिबग गर्दा त्यसमा ‘अननोन इमेज इन्काउन्टर’को समस्या देखाइरहेको छ । सम्भवतः मेटाकै तर्फबाट नेपाल, भारत लगायतका देशमा यस्तो समस्या आएको हुनसक्ने आशंका गरिएको छ । तर कुनै कुनै वेबसाइटका लिंकहरूमा भने यस्ताे समस्या देखिएकाे छैन ।

फेसबुकमा लिङ्क शेयर गर्दा केही मिडियाको विज्ञापनको फोटो फिचर फोटोको रूपमा तानिरहेको छ भने केहीमा हेडरमा राखेको फोटो (लाेगाे) तानिरहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्मका लिङ्क शेयर गर्दा पनि त्यस्तै समस्या देखिरहेको छ । केहीमा भने फोटो नदेखिने, लिङ्क मात्र देखिने समस्या छ । यस्तो हुनुको वास्तविक कारण बाहिरिएको छैन ।

त्यस्तै मेटाले पनि आधिकारिक रूपमा यस्तो समस्या हुनुको कारण खुलाएको छैन । ​फेसबुक सपाेर्टमा कुरा गर्दा सिस्टम अपडेट भइरहेकाे प्रतिक्रिया पाएकाे एक डेभलपरले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०८० १५:१७