काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आईपी ६८ रेटिङ भएको स्मार्टफाेन ल्याउने भएको छ । सामाजिक सञ्जाल विबोमा मङ्गलवार एक पोस्ट राख्दै कम्पनीका प्रडक्ट डिरेक्टर वाङ तेङ थोमसले रेड्मी नोट १३ सिरिज अन्तर्गत आईपी ६८ रेटिङ भएको रेड्मी नोट १३ प्राे प्लस ल्याउन लागेको जानकारी दिएका हुन् ।
थोमसका अनुसार धुलो तथा पानीबाट फाेन जोगाउनका लागि सो रेटिङ लागू गर्न लागिएको उल्लेख गरे । यसलाई ३० मिनेटसम्म डेढ मिटर गहिराइमा डुबाउँदा कुनै पनि असर पर्ने छैन ।
त्यसबाहेक पनि यो फोनले ‘रेन वाटर’ टच फिचर सपोर्ट गर्ने बताइएको छ । यही फिचर वन प्लस एस टु प्रोमा पनि उपलब्ध छ । यसको सहायताले फोनलाई पानीमा रुझ्दै प्रयोग गर्न सकिनेछ ।
रेड्मी १३ लाइनअप भोलि (२१ सेप्टेम्बर) चीनमा सार्वजनिक हुँदैछ । रेड्मी १३ को बेस मोडेलमा कम्पनीले स्न्यापड्रागन सेभेन एस जेन टु प्रोसेसर उपलब्ध गराएको छ ।
यता प्रो प्लस मोडेलमा भने डाइमेन्सिटी ७२०० अल्ट्रा प्रोसेसर दिइएको छ । यसमा कर्भ्ड ओएलईडी डिस्प्ले समावेश गरिएको छ ।
एन्ड्रोइड अथाेरिटीका अनुसार प्रो प्लस मोडेलमा २०० मेगापिक्सेलको सामसङ आइसोसेल एचपी थ्री क्यामेरा सेन्सर उपलब्ध गराइएको छ । आगामी महिना यो सिरिज आगामी महिना विश्व बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
विशेषगरी फ्ल्यागशिप फोनमा उपलब्ध हुने यस्ता फिचरहरू मिड रेञ्जमा उपलब्ध हुन थालेका छन् ।