close

नमस्ते पे का नयाँ प्रयोगकर्ताले रु. ५० प्राप्त गर्ने

टेकपाना टेकपाना

असोज ४, २०८० १३:५२

नमस्ते पे का नयाँ प्रयोगकर्ताले रु. ५० प्राप्त गर्ने

काठमाडौं । डिजिटल वालेट नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ  प्रयोगकर्ताहरूले ५० रुपैयाँ पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नमस्ते पेले यस्तो अभियान अभियान सुरु गरेको हो ।

असोज १ गतेदेखि असोज १५ सम्म लागू हुने अभियान अन्तर्गत नमस्ते पे एप डाउनलोड गरी केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताले तुरुन्तै आफ्नो मुख्य वालेटमा ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रयोगकर्ताहरूले कुनै पनि कारोबारमा यो पुरस्कृत रकम प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १३:५२