close

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा शिवराज जैशी विजयी

टेकपाना टेकपाना

असोज ५, २०८० १७:४६

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा शिवराज जैशी विजयी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा शिवराज जैशी विजयी भएका छन् । शुक्रवार भएकाे युनियनको निर्वाचनमा कैलाश कार्कीलाई हराउँदै जैशीको प्यानल नै विजयी भएको हो ।

कूल खसेको ४३ मतमध्ये जैशीले २३ मत प्राप्त गरे भने कार्कीले २० मत प्राप्त गरे । युनियनको उपाध्यक्ष पदमा सोनु केसी २९ मत ल्याएर चुनिएका छन् ।

त्यस्तै राजु रिजाल ३१ मत ल्याएर सचिव र मनोज पौडेल २६ मत ल्याएर कोषाध्यक्ष पदमा निर्वाचित भए । त्यस्तै सागरकुमार भट्टराई, निरु कुमारी लेखक र राधेश्याम मल्ल क्रमशः २६, २१ र २८ मत ल्याएर कार्यसमिति सदस्यमा चुनिए ।

पछिल्लो अध्यावधिक: असोज ५, २०८० १७:४६