close

सञ्चालन हुन नसकेपछि राष्ट्र बैंकले खारेज गर्‍यो मोहर डिजिटल प्रालिको लाइसेन्स

टेकपाना टेकपाना

असोज ८, २०८० १९:२२

सञ्चालन हुन नसकेपछि राष्ट्र बैंकले खारेज गर्‍यो मोहर डिजिटल प्रालिको लाइसेन्स

काठमाडौं । सञ्चालन हुन नसकेपछि नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । सोमवार एक सूचना निकाल्दै राष्ट्र बैंकले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो ।

भुक्तानी तथा फर्छ्याेट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) अनुसार मोहर डिजिटलकाे अनुमति पत्र खारेज गरिएकाे राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका उपनिर्देशक पदमराज जोशीले जानकारी दिए ।

“उहाँहरूले भुक्तानी सेवाप्रदायक प्रयोजनका लागि अनुमतिपत्र लिनु भएको थियो । तर सञ्चालन गर्न सक्नुभएन,” टेकपानासँग कुरा गर्दै जोशीले भने, “अनुमतिपत्र लिइसकेपछि काम गर्नुपर्ने हो । सञ्चालन हुन नसकेपछि नियामक निकायले के गरिरहेको छ भन्ने प्रश्न उठ्छ । हामी विभिन्न प्रक्रियामा गएर सञ्चालन हुन सक्दैन भन्ने अवस्था आएपछि लाइसेन्स खारेज गर्ने निर्णयमा पुगेका हौं ।”

मोहर डिजिटल प्रालिले राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्नेगरी मिति २०७६ असोज ३० गते अनुमति पाएको थियो । उक्त कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकसँग कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १९:२२