close

एनसीआईटीमा पर्सि रोजगार मेला हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असोज १०, २०८० ११:५

एनसीआईटीमा पर्सि रोजगार मेला हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । आउँदो शुक्रबार नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) बालकुमारीमा रोजगार मेला (जब फेयर) गर्ने भएको छ ।

ईलर्निङ प्लेटफर्म जेनिस एकाडेमीले जोबिजी (Jobejee) सँगकाे सहकार्यमा स्नातक तह उत्तीर्ण वा स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

मेलामार्फत आईटी, इन्जिनियरिङ, व्यवस्थापन वा अन्य शैक्षिक कार्यक्रमका विद्यार्थीहरू लाभान्वित हुने आयोजकले जनाएको छ । कार्यक्रममा वित्तप्रविधि (फिनटेक), सूचना प्रविधि तथा विभिन्न व्यवसायका २० भन्दा बढी कम्पनी आउने आयोजकले बताएको छ ।

यसबाहेक मैत्री डेन्टल केयरसँगको सहकार्यक्रमा नि:शुल्क दन्त शिविर पनि हुनेछ ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८० ११:२४