close

बिहीवार बिहानैदेखि सेवा अवरुद्ध भएकोमा एनसेलले माग्यो माफी, के  थियो कारण ?

टेकपाना टेकपाना

असोज १८, २०८० ११:२२

बिहीवार बिहानैदेखि सेवा अवरुद्ध भएकोमा एनसेलले माग्यो माफी, के  थियो कारण ?

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेल आजियाटाको सेवा बिहीवार विहान अवरुद्ध भएको छ । पानीको पाइपलाइन जडान गर्ने क्रममा ढल्केबरदेखि निजगढ जोड्ने अप्टिकल फाइबर बर्दिबास नजिकै काटिएका कारण एनसेलको सेवा अवरुद्ध भएको हो ।

आफ्नो प्राविधिक टोलीको कडा प्रयासपछि छोटो अवधिमा सेवा पुनस्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ ।

''सम्बन्धित मर्मतसम्भार पश्चात सम्पूर्ण अवरुद्ध सेवाहरु (भ्वाइस, डेटा, एसएमएस) सुचारु भइसकेको जानकारी गराउन चाहन्छौं,'' एनसेलकाे विज्ञप्तिमा भनिएकाे छ, ''यस परिस्थितिले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।''

साथै अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सरोकारवालालाई अनुरोध समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८० ११:२२