close

अल्टिमा ब्रान्डका दुई स्मार्टवाच बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

असोज १८, २०८० १५:२१

अल्टिमा ब्रान्डका दुई स्मार्टवाच बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । अल्टिमा लाइफस्टाइलले दुई मोडेलका नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ मोडेलका स्मार्टवाच ल्याएको हो ।

अल्टिमा वाच सर्कलको मूल्य पाँच हजार ९९९ रुपैयाँ भएपनि सीमित अवधिको लागि तीन हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

त्यस्तै अल्टिमा वाच म्याजिक प्रोको मूल्य चार हजार ९९९ रुपैयाँमा ताेकिएकाे छ । सीमित अवधिका लागि याे वाच दुई हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ ।

यी दुवै नयाँ उत्पादन ग्राहकहरूले अल्टिमाको आधिकारिक वेवसाइट लगायत अन्य विभिन्न अनलाईन प्लेटफर्महरू–दराज, सस्तोडिल, ब्रदरमार्ट, ग्यापु, हुकुट, बिगडिजिटल, नियो स्टोर जस्ता अफलाइन स्टाेरबाट खरिद गर्न सक्नेछन् ।

कस्तो छ अल्टिमा वाच सर्कल ? 

अल्टिमा वाच  सर्कलमा १.४३ इन्च टीआरयू एमोलेड डिस्प्ले छ । ८०० निट्स ब्राइटनेस भएको यो स्मार्टवाचको रेजोलुसन ४६६*४६६ रहेको छ । ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा कम्पनीले ५.३ भर्सनको ब्लुटुथ उपलब्ध गराएको छ । 

पानी र धुलो प्रतिराेध गर्नका लागि स्मार्टवाचले आईपी ६८ रेटिङ पाएको छ । यसमा २५० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । एक घण्टामा फुल चार्ज हुने सो स्मार्टवाचको ब्याट्री जति प्रयोग गरे पनि दुईदेखि तीन दिनसम्म टिक्ने कम्पनीको दाबी छ । 

सय ओटाभन्दा बढी स्पोर्ट्स मोड रहेको यो स्मार्टवाचमा हर्ट रेट, एसपीओ टु, स्लिप मनिटररिङ, अटो स्लिप ट्रयाकर जस्ता सुविधा छन् । त्यसबाहेक पनि स्ट्रेस मनिटरिङ, फिमेल हेल्थ ट्रयाकिङ, ड्रिङ्किङ वाटर मोड यो स्मार्टवाचका थप विशेषता हुन् । 

मेसेज, कल, ह्वाट्सएप लगायत अन्य विभिन्न एपका नोटिफिकेसन पनि यो स्मार्टवाचमा हेर्न सकिन्छ । आईओ‍एस ८ र एन्ड्रोइड ५.१ तथा ब्लुटुथ ४.० मा यो स्मार्टवाच सपोर्ट हुन्छ । 

३९ ग्राम तौल भएको यो स्मार्टवाच खरिद गर्दा कम्पनीले दुई ओटा स्क्रिन प्रोटेक्टर, एउटा क्याटलग र एउटा स्टिकर उपलब्ध गराउने बताएको छ ।

एक वर्षको वारेन्टी रहेको यो स्मार्टवाचमा कम्पनीले १५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिने कम्पनीको भनाइ छ । यो स्मार्टवाच ब्ल्याक र पिंक कलरमा खरिद गर्न सकिन्छ । 

अल्टिमा वाच म्याजिक प्रो 

१.९६ इन्च अल्ट्रा भीयू स्मुथ एचडी डिस्प्ले भएको यो स्मार्टफोमा ३२०*३८६ पिक्सेल रेजोलुसन रहेको छ । यसमा कम्पनीले ५०० निट्स ब्राइटनेस उपलब्ध गराएको छ । 

ब्लुटुथ अन्तर्गत यसमा ५.३ भर्सनको ब्लुटुथ सिस्टम उपलब्ध गराइएको छ । जसको सहायताले कल उठाउन, काट्न, कल रेकर्ड हेर्न, कन्ट्याक्ट थप्न सकिन्छ । यसैबाट डायल गरेर फोन गर्न समेत सकिने व्यवस्था कम्पनीले मिलाएको छ । यसमा पनि २३० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसले सामान्य अवस्थामा सात दिन र हेभी युजमा दुईदेखि तीन दिनको ब्याकअप दिने कम्पनीको दाबी छ । 

यसले एक मिटरसम्मको गहिराईमा ३० मिनेटसम्मको वाटर रेसिस्ट गर्ने कम्पनीको भनाइ छ । जसका लागि यो स्मार्टवाचले आईपी ६८ रेटिङ पाएको छ । यसमा पनि १०० ओटा स्पोर्ट्स मोड, २०० भन्दा बढी फेस र केही इन्बिल्ट गेमहरू रहेका छन् । 

यसमा हर्ट रेट, अटो स्लिप, एसपीओटु सेन्सर, स्ट्रेस मनिटरिङ, हर्ट रेट वार्निङ, रिमाइन्डर मोड, फिमेल हेल्थ जस्ता सुविधा दिइएको छ । क्वीक रिप्लाई, म्युजिक तथा क्यामेरा कन्ट्रोल तथा भ्वाइस असिस्टेन्टको नोटिफिकेसन तथा मेनेजमेन्ट यसैबाट गर्न सकिन्छ । 

यसमा पनि कम्पनीले दुई ओटा स्क्रिन प्रोटेक्टरम एउटा क्याटालग, एउटा स्टिकर उपलब्ध गराउनेछ । त्यस्तै एक वर्षसम्मको वारेन्टी हुने यो स्मार्टवाचमा १५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा रहेको छ । यो स्मार्टवाच ब्ल्याक, पिंक र डायमन्ड कलरमा खरिद गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज १८, २०८० १६:१९