काठमाडौं । पछिल्लो समय गुगलले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विभिन्न फिचरहरू सार्वजनिक गरेको छ । विशेषगरी भिडिओ रेकर्ड गर्दा आउने ब्याकग्राउन्ड आवाज हटाउनेदेखि अपरिचित नम्बरबाट आएका फोन उठाइदिनेसम्म विभिन्न आकर्षक फिचरहरू ल्याएको छ ।
त्यसमध्ये केही फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् भने केही सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । त्यसमध्ये सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्ने एउटा फिचर हो ‘म्याजिक इरेजर’ (Magic Eraser) ।
गुगल फोटोजको यो यस्तो सुविधा हो, जसले फोटोमा भएको अनावश्यक तत्व क्षणभरमै हटाइदिने गुगलको दाबी छ । २०२३ मे महिनामा आयोजित गुगल आईओमा कम्पनीले यो फिचर घोषणा गरेको थियो ।
अहिले भने गुगलले यो फिचर शुल्क तिरेर गुगल वनको सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने बनाएको छ । यद्यपि अन्य प्रयोगकर्ताले यो फिचर प्रयोग गरिसकेपछि सेभ गर्दा स्क्रिनशट लिनुपर्ने हुन्छ ।
कसरी प्रयोग गर्ने म्याजिक इरेजर ?
म्याजिक इरेजर गुगल फोटोज एपबाट सहजै प्रयोग गर्न सकिन्छ । त्यसका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिले फोनमा फोटोज एप खोल्नुहोस् । (यो एप डिभाइसमा डिफल्ट रूपमै इन्स्टल भएको हुन्छ । यदि अनइन्सटल भएको छ भने एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।)
- त्यसपछि आफूले अनावश्यक भाग हटाउन चाहेको फोटो छान्नुहोस् ।
- फोटो छानिसकेपछि तलपट्टि म्याजिक इरेजरको अप्सन आउँछ । कुनै पनि फोटोमा अनावश्यक वस्तु डिटेक्ट गरेर गुगलले म्याजिक इरेजरको अप्सन राख्छ । अन्यथा इडिटको अप्सनमा गएर छान्नुपर्ने हुन्छ ।
- यति भइसकेपछि इरेज सजेसनका लागि फोटो स्क्यान हुन्छ । र, त्यसको केही समयमै हटाउनुपर्ने फोटोमा गोलो घेरा लाग्छ ।
- अथवा तपाईंले आफूले हटाउनुपर्ने ठाउँमा गोलो घेरा लगाउनु भयो भने त्यो ब्याकग्राउन्ड अनुसार आफैं हट्छ ।
- हटाउने भाग सुझाव दिएको छ भने ‘सजेसन फाउन्ड’को छेउमा इरेज अलको अप्सन देखिन्छ । त्यसैमा क्लिक गरेर प्रयोगकर्ताले सुझाव दिएको भाग हटाउन सक्छन् ।