close

च्याटजीपीटी पछि आफ्नै एआई चिप बनाउँदै ओपनएआई !

टेकपाना टेकपाना

असोज २०, २०८० २१:३०

च्याटजीपीटी पछि आफ्नै एआई चिप बनाउँदै ओपनएआई !

 

काठमाडौं । च्याटजीपीटी, ड्याल-ईको अपार सफलतापछि ओपनएआईले आफ्नै एआई चिप बनाउने सङ्केत देखाएको छ । समाचारसंस्था रोयटर्सका अनुसार ओपनएआईले आफ्नै एआई चिप बनाउन पहल गरिरहेकाे छ ।

यद्यपि चिप उत्पादनबारे ओपनएआईले आधिकारिक रूपमा केही खुलाएको छैन । तर एनभिदिया जस्ता चिप निर्माता कम्पनीसँग सहकार्य गरेर वा अन्य कम्पनीहरूबाट चिप उत्पादन गराएर ओपनएआईले आफ्नो चिप बनाउन सक्ने रोयटर्सले उल्लेख गरेकाे छ ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले कुनै चिप निर्मातालाई अधिग्रहण गर्नसक्ने सम्भावना भएको पनि बताइन्छ ।

यसअघि अल्टम्यानले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू)मा एनभिदियाले एकलौटी बजार कब्जा गरेको सार्वजनिक टिप्पणी गरेका थिए । एआई एपहरू चलाउन अत्यावश्यक जीपीयूको विश्वव्यापी बजारको ८० प्रतिशतभन्दा बढी हिस्सा एनभिदियाको मात्रै छ ।

यता सन् २०२० देखि माइक्रोसफ्टले बनाएको सुपर कम्प्युटरका लागि ओपनएआईले आफ्नो जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी ‍विकास गरिरहेको छ । त्यसमा माइक्रोसफ्टले एनभिदियाको १० हजार जीपीयू युनिट प्रयोग गरिरहेको छ । तर माइक्रोसफ्टले पनि आफैं एआई चिप बनाउन लागेको बताइन्छ ।

२०२२ मा च्याटजीपीटी सार्वजनिक भएसँगै एआई चिपको आवश्यकता बढेको छ । सोहीकारण ओपनएआईका ‍लागि च्याटजीपीटी चलाउन निकै खर्चिलो भएको विश्लेषण गरिन्छ ।

प्रविधि विश्लेषक स्टेसी रासगनका अनुसार च्याटजीपीटीलाई प्रत्येक एउटा प्रश्न गर्दा लगभग ४ सेन्ट (५३ रुपैयाँ) लाग्छ । ‍त्यस्तै गुगल सर्चमा भन्दा ‍१० गुणा बढी च्याटजीपीटीमा ‘सर्च’ गरियो भने छ खर्बै रुपैयाँ बराको जीपीयू लाग्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८० २१:३०