close

भद्दा डिजाइनबारे आलोचना रोक्न त्रिवि विज्ञान प्रविधि संस्थानको फेसबुक पाेस्टमा कमेन्ट बन्द !

टेकपाना टेकपाना

असोज २३, २०८० १५:५७

भद्दा डिजाइनबारे आलोचना रोक्न त्रिवि विज्ञान प्रविधि संस्थानको फेसबुक पाेस्टमा कमेन्ट बन्द !

काठमाडौं । डिजाइन नराम्रो भएको भन्दै चर्को आलाेचना भएपछि त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आफ्नो फेजबुक पेजमा कमेन्ट अप्सन बन्द गरेको छ ।

संस्थानले 'डिन्स अफिस, इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, टीयू' (www.facebook.com/tuiostdean/) नामकाे आफ्नो फेसबुक पेजमा नराम्रा डिजाइन भएका पोस्टमा कमेन्ट लिमिट गरेको हो । यसअघि त्यस्ता डिजाइन भएका पोस्टमा चर्को आलाेचना आएपछि टेकपानाले समेत समाचार लेखेको थियो ।

तर संस्थानले अझै पनि भद्दा डिजाइन शेयर गरिरहेकाे छ । बरु त्यस्ता डिजाइन राखेको पोस्टमा कसलाई कमेन्ट गर्न दिने भनेर लिमिट तोकिदिएको छ । कमेन्ट अप्सन किन बन्द गरियो भनेर बुझ्न खोज्‍दा संस्थानका डीन विनिल अर्यालले आधिकारिक रूपमा संस्थानकाे कुनै फेसबुक पेज नरहेकाे दाबी गरे ।

तर संस्थानको आधिकारिक वेबसाइटमा भने सोही फेसबुक पेजको लिङ्क राखिएको छ । यता संस्थानकै एक कर्मचारी उपेन्द्र सुवेदीले संस्थानको आधिकारिक फेसबुक पेज भएको र पछिल्लो समयमा आएका नकारात्मक कमेन्टले संस्थानकाे शाख गिराउने भएकाले कमेन्ट अप्सन अफ  गरेको बताएका छन् ।

संस्थानको पेजमा कमेन्ट बन्द गरिएको स्क्रिनशट

“पछिल्लो समय फेसबुक पेजमा धेरै नै नकारात्मक कमेन्ट आए,” टेकपानासँग कुरा गर्दै उनले भने, “त्यस्ता कमेन्टले हामीलाई असर पुर्‍याउने भएकाले कमेन्ट बन्द गरेका हौं ।” 

संस्थानमा आफूहरू नै आर्थिक अभावका कारण जागिरबाट निक्लने अवस्था आएको बेलामा ग्राफिक्स डिजाइनर राख्नु परको कुरा भएको उनकाे भनाइ थियाे ।
 

सम्बन्धित समाचार

आईटी पढाउने त्रिविको विज्ञापन नै झुर, फेसबुक प्रयोगकर्ता भन्छन्- लाज लाग्ने डिजाइन कसले गर्छ ?

सुध्रिएन त्रिविको डिजाइन

पछिल्लो अध्यावधिक: असोज २३, २०८० १६:२३