close

अनलाइनमा फेक रिभ्युले हैरान हुनुहुन्छ ? अब मोजिलाले दिनेछ समाधान

टेकपाना टेकपाना

असोज २५, २०८० १७:६

अनलाइनमा फेक रिभ्युले हैरान हुनुहुन्छ ? अब मोजिलाले दिनेछ समाधान

काठमाडौं । मोजिलाले आफ्नो फायरफक्स ब्राउजरमा 'रिभ्यु चेकर’ फिचर ल्याउने भएको छ । अनलाइनमा देखिने कुनै पनि उत्पादनको रिभ्यु अर्थात् समीक्षा (रिभ्यु) गलत हो वा साँचो थाहा दिन मोजिलाले यो फिचर ल्याउन लागेको हो ।

मोजिलाले ल्याउने यस फिचरको प्रविधि फेकस्पट (Fakespot) नामक कम्पनीले विकास गरेको छ । उक्त कम्पनीलाई मोजिलाले गत वर्ष अधिग्रहण गरेको थियो ।

फेकस्पटले गलत रिभ्यु पत्ता लगाउन एआई र मसिन लर्निङ प्रयोग गरेको बताइएको छ । यद्यपि यो फिचर अहिले परीक्षणकै क्रममा रहेको छ । जसअन्तर्गत अमेरिकाका केही प्रयोगकर्तालाई मोजिलाले यो फिचर प्रयोग गर्न दिएको छ ।

सार्वजनिक रुपमा यो फिचर कहिले उपलब्ध हुन्छ भनेर पनि मोजिलाले केही खुलाएको छैन । यस फिचर सार्वजनिक रूपमा उपलब्ध भएपछि अनलाइनमार्फत कुनै वस्तु वा सेवा खरिद गर्ने ग्राहक लाभान्वित हुने बताइएको छ ।

पछिल्लो समय अनलाइनमा गुणस्तरहीन सामग्रीहरूमा पनि कम्पनी स्वयंले अथवा अन्य व्यक्तिहरूले राम्रो प्रतिक्रिया दिँदा धेरै व्यक्ति ‍ठगिने गरेका छन् । त्यस्तोमा मोजिलाको 'रिभ्यु चेकर' फिचर उपयोगी हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २५, २०८० १७:६