काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले बोट ब्राण्डको इयरबड खरिदमा ५० प्रतिशत छुट पाउने भएका छन् । कम्पनीले तीन वा १२ महिनाको इन्टरनेट प्याकेज नवीकरण गर्ने वा वर्ल्डलिङ्कको इन्टरनेट जडान गर्ने नयाँ ग्राहकलाई ‘एयरडप्स १७०’ (Airdopes 170) आधा मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो ।
यस अन्तर्गत ग्राहकले बोटको याे इयरबड १६ सय ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसको बजार मूल्य भने तीन हजार २९९ रुपैयाँ रहेको छ ।
इन्टरनेट नवीकरण गरिसकेपछि वा नयाँ इन्टरनेट जडान गरेपछि वर्ल्डलिङ्कको शाखा कार्यालयमा पुगेर ‘एयरडप्स १७०’ खरिद गर्न सकिने छ ।
कस्तो छ ‘एयरडप्स १७०’ ?
बोटका अनुसार यो इयरबडको ब्याट्री ब्याकअप ५० घण्टाको छ । त्यस्तै १० मिनेट चार्ज गरेको भरमा तीन घण्टा प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
फोन कलको आवाज प्रस्ट सुन्न यसमा एन एक्स टीएम प्रविधिको प्रयोग गरिएको छ । यसमा चार ओटा माइक्रोफोन रहेका छन् । यसमा भएको बिस्टटीएम (BEASTTM) मोडको सहायताले अडियो ५० एमएसभन्दा कम लेटेन्सीमा सिन्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार यसमा रहेको १३ एमएम स्पिकरले स्तरीय अडियोको सेवा दिनेछ । ब्लुटुथ भर्सन ५.३ मा आधारित यो इयरबडले आईपीएक्स ४ रेटिङ पाएको छ । १० मिटरको दूरीसम्म सपोर्ट गर्ने यो इयरबडको केसमा ४७० एमएएच क्षमताको ब्याट्री र प्रति इयरबडमा ४० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसले टाइप-सी चार्जिङ सिस्टम सपोर्ट गर्ने बताइएको छ ।
१ अक्टोबरदेखि सुरु भएको यो अफर कहिलेसम्म लागू हुन्छ भन्नेबारे कम्पनीले केही खुलाएको छैन । वर्ल्डलिङ्कका ग्राहक बाहेक अन्य प्रयोगकर्ताले सोही छुट रकममा यो इयरबड खरिद गर्न सक्ने छैनन् ।
कम्पनीका अनुसार तीन महिनाको इन्टरनेट रिन्यु गर्ने ग्राहकले एउटा र १२ महिनाको रिन्यु गर्ने प्रयोगकर्ताले दुई जोडी इयरबड सोही छुट रकममा खरिद गर्न सक्नेछन् ।