close

पुतलीसडकमा एनएमबीको ईपेमेन्ट हब, भिसादेखि विदेशी कलेजको अनलाइन भुक्तानी गर्न मिल्ने

टेकपाना टेकपाना

असोज २६, २०८० १६:११

पुतलीसडकमा एनएमबीको ईपेमेन्ट हब, भिसादेखि विदेशी कलेजको अनलाइन भुक्तानी गर्न मिल्ने

 

काठमाडौं । एनएमबी बैंकले राजधानीको पुतलीसडकस्थित आफ्नो शाखामा ईपेमेन्ट हब सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैंकले वैदेशिक अध्ययनका क्रममा गर्नुपर्ने सम्पूर्ण भुक्तानी अनलाइनबाटै गर्न सकिने गरी उक्त हब सुरु गरेको हो । 

ईपेमेन्ट हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी र विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क अनलाइनबाटै बुझाउन सक्नेछन् । यति मात्र नभएर पीटीई, एसएटी, यूएसएमएलई, फ्लाइवायर स्विफ्ट, जीआरई र एसीसीए जस्ता विविध अनलाइन भुक्तानी सेवा समेत त्यहाँबाट लिन सकिने बताइएको छ । 

एनएमबी बैंकले ईपेमेन्ट हब अन्तर्गत स्वीकृत विद्युतीय भुक्तानी उपकरण प्रयोग गरी ग्राहकका लागि सहज र ​झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गरिएको बताएको छ । 

द फाइनान्सियल टाइम्स, लन्डनको द बैंकर म्यागजिनले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ दि इयर एसिया २०२१ बाट सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० मा बैंक अफ द इयरको उपाधि पनि पाएको थियो । एनएमबी बैंकका हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।

पछिल्लो अध्यावधिक: असोज २६, २०८० १६:११