काठमाडौं । डीभीडी भाडामा लगाउने सेवा बन्द गरेता पनि नेटफ्लिक्सले अर्काे भौतिक व्यापार (अफलाइन स्टाेर) सुरु गर्ने भएको छ । समाचार संस्था ब्लुमबर्गका अनुसार कम्पनीले ‘नेटफ्लिक्स हाउस’ नामक भौतिक पसल सञ्चालन गर्न लागेकाे हो ।
आम्दानीको नयाँ स्रोतका लागि नेटफ्लिक्सले किनमेल, भोजन, र मनोरञ्जनमा आधारित व्यापार गर्न लागेको ब्लमबर्गले उल्लेख गरेकाे छ । त्यहाँ ग्राहकले मर्चेन्डाइज किन्ने, खानेकुरा किन्ने तथा नेटफ्लिक्समा स्ट्रिमिङ भएको चलचित्र वा सिरिजमा आधारित खेल खेल्न सक्नेछन् ।
कम्पनीले यसबारे त्यति धेरै नखुलाए पनि सन् २०२५ भित्रसम्म अमेरिकामा यस्तो स्टाेर खोलिसक्ने ब्लुमबर्गले लेखेको छ ।
हाल नेटफ्लिक्सले अनलाइनमार्फत व्यापार गरिरहेको छ, जहाँ नेटफ्लिक्समा स्ट्रिमिङ भएका चलचित्रका पात्रहरूसँग सम्बन्धित विभिन्न सामग्री किन्न सकिन्छ ।