काठमाडौं । चर्चित माइक्रोचिप निर्माता क्वालकमले आफ्नो १२ सय बढीलाई कामबाट निकालेकाे छ । समाचार संस्था सीएनएनका अनुसार कम्पनीले विभिन्न विभाग अन्तर्गतका १२ सय ५८ कर्मचारी निकालेको हो ।
यस अन्तर्गत इन्जिनियरिङ, ह्युमन रिसोर्स, कानूनी परामर्श आदि क्षेत्रका कर्मचारीलाई निकालिएको छ । यसरी एक हजार बढी कर्मचारीहरूलाई कामबाट निकाल्नुको कारण भने आम्दानी घट्नु र विश्वकाे आर्थिक मन्दी रहेको बुझिएको छ ।
केही समय अगाडि मात्रै कम्पनीले एप्पलसँग फाइभजी चिपका लागि नयाँ सम्झौता गरेकाे थियो । त्यस्तै मेटाको क्वेस्ट थ्रीका लागि पनि कम्पनीले चिप उपलब्ध गराउँदै छ । तर कम्पनीले जनशक्ति थप्नुकाे सट्टामा कटाैती गरेकाे छ ।
कर्मचारी निकाल्ने क्वालकम एउटा मात्र कम्पनी होइन । गुगल, मेटा, अमेजन लगायत थुप्रै विश्वविख्यात प्रविधि कम्पनीहरूले लगातार कर्मचारी कटाैती गरिरहेका छन् । विशेषत: विश्वरभर अर्थतन्त्र संकुचन हुनु र महँगी बढ्दै जानु यसको कारण भएको विश्लेषण गरिएको छ ।