close

स्याटलाइट सञ्चार प्रविधि परीक्षणमा चीनलाई ठूलो सफलता, ६जीमा १ कदम नजिक

टेकपाना टेकपाना

असोज २९, २०८० १५:३५

स्याटलाइट सञ्चार प्रविधि परीक्षणमा चीनलाई ठूलो सफलता, ६जीमा १ कदम नजिक

 

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले सिक्सजी विकासमा महत्त्वपूर्ण मानिएको स्याटलाइट इन्टरनेटमा एक कोसेढुङ्गा फेला परेको घोषणा गरेका छन् । साउथ चाइना मर्निङ पोस्टले सञ्चार उपकरणमा महत्त्वपूर्ण उपलब्धी हात लागेको समाचार प्रकाशित गरेको छ ।

स्याटलाइटमा जडान गरिएको डिभाइसले इलेक्ट्रिकल सङ्केतमा रूपान्तरण नगरेरै एक स्थनबाट अर्को स्थानमा प्रकाश सङ्केत पठाउन सक्ने र ऐनाले जस्तै तुलनात्मक रूपमा कम वा बढी काम गर्न सक्छ । अहिले भने चाइनिज एकेडेमी अफ साइन्स अन्तर्गतको जियान इन्स्टिच्युट अफ अप्टिक्स एण्ड प्रिसिजन मेकानिक्सको टिमले अन्तरीक्षमा सोको सफलतापूर्वक परीक्षण सम्पन्न गरेको बताइएको छ ।

वैज्ञानिकहरूको उक्त समूहले एक दशकभन्दा लामो समयदेखि सूचनाको प्रसारण कार्यको क्षमता, लचकता र गतिलाई सुधार गर्ने उपकरण विकासको प्रयास गर्दै आएको छ । उनीहरूको उपकरणलाई "स्पेसबोर्न अप्टिकल स्विचिङ टेक्नोलोजी" नाम दिइएको छ । जसलाई गत अगस्टमा चीनको वाई सेभेन क्यारियर रकेटमार्फत अन्तरिक्षको कक्षमा पठाइएको थियो ।

एकेडेमीले गत आइतवार निकालेको विज्ञप्ति अनुसार यस प्रकारको उपकरण अन्तरिक्षमा परीक्षण गरिएको पहिलो पटक हो । सतहमा डाउनलोड  र नखोलिएको अवस्थामा तस्विर सूचना कुनै पनि डेटा नगुमेर जस्ताको त्यस्तै अवस्थामा रहेको उल्लेख छ ।

सञ्चार नेटवर्क अन्तर्गत निश्चित लाइनमा डेटा वितरण गर्ने कार्यमा स्विचहरू निकै महत्त्वपूर्ण अङ्गको रूपमा रहेका हुन्छन् । उदाहरणको लागि जब फोन कल गरिन्छ, स्विचले नै उक्त कल चाहेको प्रापक कहाँ राउट गर्ने कार्य सुनिश्चित गर्छ ।

परम्परागत स्विचिङ डिभाइसले मूलरूपमा विद्युतलाई मध्यस्थको रूपमा प्रयोग गरेर लाइट सिग्नललाई डिजिटल अथवा सिमुलेटेड डेटामा रूपान्तरण गर्छ । तर यो नयाँ डिभाइसले भने उक्त प्रक्रियालाई नै बाइपास गर्न सक्छ । 

एक अप्टिकल वैज्ञानिकले भनेका छन् कि परम्परागत फोटोन-इलेक्ट्रोन-फोटोन विधिमा "इलेक्ट्रोनिक बोटलनेक" प्रभाव रहेको हुन्छ,  जब कि अप्टिकलको दृष्टिकोणले डेटा आदानप्रदानको गति र क्षमतालाई बढाउन सक्छ । 

यो विधिले विशेष प्रकारका स्विचिङ उपकरण तथा पूर्वाधार निर्माणमा लाग्ने लागत समेत घटाउन सक्ने अपेक्षा गरिएको छ । चिनियाँ समाचारपत्रले गत वर्ष प्रकाशित गरेको रिपोर्ट अनुसार यो डिभाइसले ४० जीबीपीएसको स्विचिङ क्षमतालाई सपोर्ट गर्न सक्छ । जुन परम्परागत स्विचिङ प्रविधिको तुलनामा उल्लेखनीय सुधार हो । 

स्याटलाइट रिमोट सेन्सिङ, सुपर कम्प्युटिङ सामेल विशाल डेटा र सिक्सजी मोबाइल सञ्चारले अत्यधिक स्पिड र भारी क्षमताको बढ्दो सूचना प्रसारणको मागलाई सम्बोधन गर्न सक्ने अपेक्षा गरिएको छ । 

"सिक्सजी समेतका नेक्स्ट जेनेरेसन सञ्चार नेटवर्क भूसतही लिङ्कको दायराभन्दा बाहिर जानेछन्, जुन स्याटलाइट नोड भएको ग्लोबल नेटवर्क हुनेछ," वैज्ञानिकले भनेका छन् । यद्यपि वैज्ञानिक समूहले प्रकाशन गरेको प्रतिवेदनमा विश्वव्यापी कभरेज र न्यून ढिलाईमा आधारित सेवा, निकै घना आदी भएका बस्तीमा समेत पहुँच बनाउन सकिने र भौगोलिक अवरोध बिना काम गर्नका लागि "हामीलाई स्याटलाइट इन्टरनेट बनाउनु पर्ने आवश्यकता छ" भनिएको छ ।

पारम्परिक रूपमा स्याटलाइटदेखि जमिनमा भएका लिङ्कहरू मुख्यतः माइक्रोवेव प्रविधिमा निर्भर हुन्छन् । तर माइक्रोवेभ फ्रिक्वेन्सीमा हुने  रेञ्जको सीमितताका कारण डेटा ट्रान्सफर गर्ने गति भने सीमित हुन्छ । 

यद्यपि लेजरलाई डेटा क्यारियरको रूपमा प्रयोग गर्ने विधि (जसलाई अप्टिकल कम्युनिकेसन समेत भनिन्छ) पछिल्ला वर्षमा तीव्र गतिमा विकास भएको छ । लेजरमा सयौं गिगाहर्जसम्मको ब्यान्डविथ धान्न सक्ने निकै फराकिलो स्पेक्ट्रम हुने गर्छ । जसले गर्दा प्रत्येक ट्रान्समिसनमा थप डेटा समावेश गर्न सकिन्छ । 

यो उद्योगमा छिटो कदम चाल्ने केही सीमित कम्पनीहरूमा एलन मस्कको स्टारलिङ्क पनि एक हो । जसले एक अर्को स्याटलाइटमा डेटा ट्रान्सफर गर्न अप्टिकल कम्युनिकेसन प्रयोग गरेका छन् । चिनियाँहरू पनि यो दौडमा सामेल भइरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २९, २०८० १५:३५