close

आफ्ना पुराना फेसबुक पोस्ट देखेर लाज लाग्छ ? एकैपटक सबै पोस्ट यसरी गर्नुहोस् डिलिट

टेकपाना टेकपाना

कात्तिक ४, २०८० ८:४४

आफ्ना पुराना फेसबुक पोस्ट देखेर लाज लाग्छ ? एकैपटक सबै पोस्ट यसरी गर्नुहोस् डिलिट

काठमाडौं । फेसबुक सबैभन्दा पुरानो मध्येको एक सामाजिक सञ्जाल हो । कुनै कुनै पुराना पोस्टहरूले गर्दा हामीलाई कहिलेकाहिं लज्जित हुनु परिरहेको हुन्छ । 

यस्तोमा तपाईं पुराना असान्दर्भिक लाग्ने किसिमका पोस्टहरू एकसाथ हटाउन सक्नु हुन्छ । खासगरी कुनै नयाँ ठाउँमा जागिरका लागि आवेदन दिने सवालमा त झन् यो निकै महत्त्वपूर्ण मानिन्छ  । 

त्यसैले आज हामी तपाईंलाई आफ्नो फेसबुक अकाउन्ट डिलिट नगरिकनै आफ्ना सबै पुराना फेसबुक पोस्ट कसरी मेटाउने भन्ने विषयमा बताउँदै छौं । यसो गर्दा तपाईंले आफ्नो पुरानै फेसबुक अकाउन्टलाई ताजा रूपमा प्रयोग गर्न सक्नु हुन्छ । 

यसरी आफ्ना पुराना फेसबुक पोस्ट डिलिट गर्नु अघि थर्डपार्टी एप प्रयोग गरी तिनलाई डाउनलोड गर्न सक्नु हुन्छ । 

छोटो तरिकाः 

अकाउन्ट कायम राखेर सबै फेसबुक पोस्ट डिलिट गर्न प्रोफाइलको एक्टिभिटी लगमा हुँदै योर एक्टिभिटी अक्रोस फेसबुक>पोस्ट्स>योर पोस्टमा जानुहोस् । त्यसपछि अल (All)लाई छनौट गर्नुहोस् र रिसाइकल बिनमा क्लिक गर्नुहोस् । 

डेस्कटपबाट यसरी डिलिट गर्नुहोस् आफ्ना सबै फेसबुक पोस्ट

- यदि तपाईं डेस्कटप कम्प्युटर प्रयोग गरिरहनु भएको छ भने आफ्नो फेसबुकको प्रोफाइल पेज खोल्नुहोस् र मेनु अप्सन खोल्नका लागि दायाँतर्फ रहेको तीन थोप्ला रहेको बटनमा क्लिक गर्नुहोस् । 

- अब त्यहाँबाट एक्टिभिटी लगमा क्लिक गर्नुहोस् । 

- यति गरिसकेपछि अर्को पेजमा बायाँतर्फ रहेको मेनुबाट योर एक्टिभिट एक्रस फेसबुक>पोस्ट्स>योर पोस्ट्समा जानुहोस् । 

- यहाँ तपाईं आफूले हेर्न चाहेका पोस्टहरूका प्रकारलाई फोटो, भिडिओ अथवा अन्य एपबाट गरिएका पोस्टको रूपमा स्पष्ट पार्न पनि सक्नु हुन्छ । 

- अल छनौट गर्नुहोस् र त्यसपछि आफ्ना सबै पोस्ट डिलिट गर्न रिसाइकल बिनमा क्लिक गर्नुहोस् । तर यहाँनिर यदि तपाईंले फेसबुक प्रयोग गर्न थालेको लामो समय भइसकेको छ भने यहाँनिर तपाईंले पटक पटक आफ्ना सम्पूर्ण पोस्ट लोड गर्न तलतर्फ स्क्रोल गर्नुपर्ने हुन सक्छ । 

- यसको विकल्पमा तपाईंले योर एक्टिभिटी एक्रस फेसबुक भित्र रहेको एक्टिभिटी यू'आर लग्ड इन छानेपछि अलमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईंका परिवार तथा साथीभाइले तपाईंको प्रोफाइलमा ट्याग गरेका लज्जाजनक पोस्टहरू हटाउन रिमुभ ट्याग्समा थिच्नुहोस् । 

बोनस टिप्स

यदि तपाईं आफ्ना पोस्ट डिलिट गर्नुको साटो केही  थोरै कठोर तरिका अपनाउन चाहनु हुन्छ भने ती पोस्टका लागि अडियन्स परिवर्तन गर्न पनि सक्नु हुन्छ । यसका लागि आफ्नो प्रोफाइलमा गएर तीन ओटा डट भएको बटन दबाउनु होस् र त्यसपछि एक्टिभिटी लग>योर एक्टिभिटी एक्रस फेसबुक>पोस्ट्स>योर पोस्ट्समा पुग्नुहोस् । 

त्यहाँ अल छनौट गरेर चेञ्ज अडियन्समा क्लिक गर्नुहोस् । जहाँ तपाईंले पब्लिक (जोसुकैले देख्न सक्ने), फ्रेन्ड्स (फेसबुकमा सथी बनेकाले मात्र हेर्न मिल्ने) अथवा अन्ली मी (आफूले मात्र हेर्न मिल्ने) मध्ये कुनै एक विकल्प चयन गर्न सक्नु हुन्छ । 

मोबाइलबाट आफ्ना सबै फेसबुक पोस्ट कसरी डिलिट गर्ने ? 

मोबाइल एप प्रयोग गर्दा अपनाउने तरिका पनि लगभग उस्तै छ । 

- यसका लागि सुरुमा आफ्नो प्रोफाइलमा जानुहोस् र बायाँतर्फ रहेको तीन थोप्लायुक्त आइकनमा थिच्नुहोस् ।

- त्यहाँ खुल्ने प्रोफाइल सेटिङ्सबाट एक्टिभिटी लग छान्नुहोस् । 

- अब आफूले गरेका पोस्ट हटाउन नयाँ खुल्ने अर्को पेजमा पुगेपछि योर एक्टिभिटी एक्रस फेसबुक>पोस्ट्स>म्यानेज पोस्ट्समा पुग्नुहोस् ।

- त्यहाँ रहेका पोस्टसँगैको तीन थोप्ला भएको बटन थिचेर डिलिट गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८० ८:४४