close

फेसबुकमा प्रोफाइल पिक्चर कहिले परिवर्तन गर्दा राम्रो ?

टेकपाना टेकपाना

कात्तिक ७, २०८० ९:१६

फेसबुकमा प्रोफाइल पिक्चर कहिले परिवर्तन गर्दा राम्रो ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा प्रोफाइल फोटो कहिले वा कति कति समयमा परिवर्तन गर्नु उपयुक्त हुन्छ ? यस प्रश्नको जवाफ फेसबुकसँग भने छैन । के फेसबुक प्रोफाइल कहिले परिवर्तन गर्ने भन्नेबारे बहस भएका छन् त ?

हुन त फेसबुकमा तपाईँ कसरी उपस्थित हुनुहुन्छ भन्ने कुराले तपाईँको व्यक्तित्व झुल्काएको हुन्छ । यसैसँग तपाईँको प्रोफाइल फोटो पनि जोडिएको हुन्छ । तपाईँको प्रोफाइल फोटो पुरानो भयो भने पनि फेसबुक आफैंले प्रोफाइल फोटोलाई यथावत् नै राखिदिन्छ । भन्नुको अर्थ, तपाईँले नगरेसम्म तपाईँको फेसबुक प्रोफाइलमा कुनै परिवर्तन आउँदैन ।

त्यसैले फेसबुक प्रोफाइल कहिले परिवर्तन गर्ने ? कस्तो प्रोफाइल राख्ने भन्ने कुरा तपाईँमै निर्भर हुन्छ । आज हामी कस्तो अवस्थामा फेसबुकको प्रोफाइल फोटो परिवर्तन गर्ने भन्ने विषयमा चर्चा गर्दैछाैं

फेसबुक प्रोफाइलले मानिसको व्यक्तित्वलाई मात्र नझुल्काएर स्वयम् व्यक्तिलाई प्रतिनिधित्व गरेको हुन्छ । तपाईँ वास्तविक समयमा जस्तो देखिनु हुन्छ, त्यस्तै प्रोफाइल फोटो राख्नुहोस् ।

उदाहरणका लागि मान्नुस् तपाईँ दारी पालिरहनु हुन्छ । र, प्रोफाइल फोटोमा पनि दारी भएकै फोटो राख्नुभएको छ । तर, एक्कासि तपाईँले क्लिन सेभ गर्नुभयाे, तर प्राेफाइल फोटो उही राख्नुभयाे भने फेसबुक फ्रेन्डले तपाईँलाई चिन्न सकस पर्न सक्छ ।

त्यसैले तपाईंले त्यस्तो प्रोफाइल फोटो राख्नुपर्छ, जसले वास्तविक तपाईंलाई नै प्रस्तुत गरेकाे हाेस् । यदि तपाईंको आवरणमा परिवर्तन आएको छ भने प्रोफाइल फोटो परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

यदि तपाईंको प्रोफाइल फोटो वर्षौं अघिको छ भने त्यसले तपाईँलाई प्रतिनिधित्व नगर्न सक्छ । अथवा जस्तो तपाईँ फोटोमा देखिनुभएको छ, अहिले तपाईँको लुक्स परिवर्तन भएको हुन सक्छ । यस्तोमा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

आफू अनलाइन अकाउन्टमा सक्रिय छु भन्ने देखाउन प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

सामाजिक सञ्जालमा एकरूपता ल्याउन निकै आवश्यक हुन्छ । एउटै फोटोलाई विभिन्न सामाजिक सञ्जालमा प्रोफाइल फोटोका रूपमा राख्दा त्यसले एकरूपता कायम गर्छ ।

भन्नुको अर्थ तपाईँलाई फेसबुकमा चिन्ने मान्छेले इन्स्टाग्राम, टिकटक वा ट्वीटरमा तपाईँको उस्तै प्रोफाइल फोटो देखेर पहिचान गर्न सक्छ । त्यसैले तपाईँका सबै सामाजिक सञ्जालका अकाउन्टमा फरक-फरक प्रोफाइल फोटो छ भने परिवर्तन गरेर एउटै फोटो राख्नु राम्राे हुन्छ ।

हरेक वर्ष प्रोफाइल फोटो परिवर्तन गर्नु राम्रो

मानव शरीरमा हरेक सेकेन्ड सूक्ष्म परिवर्तन भइरहेको हुन्छ । यी परिवर्तनलाई वर्षभरको हिसाब गर्ने हो भने तपाईंको शरीरमा प्रस्ट देखिने कुनै परिवर्तन पक्कै भएको हुन्छ ।

त्यसैले हरेक वर्ष सामाजिक सञ्जालको फेसबुक प्रोफाइल परिवर्तन गर्नु उपयुक्त हुन्छ ।

जतिबेला तपाईंलाई प्रोफाइल फोटो परिवर्तन गर्ने इच्छा हुन्छ, त्यही बेला परिवर्तन गर्न सक्नुहुन्छ

प्रोफाइल पिक्चरलाई लिएर फेसबुकले त्यस्तो कुनै नीति वा नियम बनाएको छैन ।

त्यसैले तपाईंलाई जतिबेला फोटो परिवर्तन गर्न इच्छा लाग्यो, त्यतिबेला परिवर्तन गर्न सक्नुहुन्छ । यता फेसबुकले भने तपाईंका पुराना प्रोफाइल फोटो भण्डारण गरेको हुन्छ ।

आफ्नो प्रोफाइल फोटोमा राम्रो कुरा खोज्नुहोस्

हरेकले आफ्नो प्रोफाइल फोटो आकर्षक बनाउन खोजिरहेका हुन्छन् । विशेषगरी कुनै औपचारिक वा आफूलाई विशेष लागेको फोटो प्रोफाइल फोटोका रूपमा राख्ने प्रवृत्ति छ ।

कुनै कम्पनीको प्रोफाइल फोटो भने लोगो राख्ने गरिन्छ । लोगो विरलै परिवर्तन हुने कुरा हो । त्यसैले कम्पनीकाे हकमा पनि प्रोफाइल पिक्चर विरलै परिवर्तन हुने गरेको पाइन्छ ।

समग्रमा प्रोफाइल पिक्चर तलका अवस्थामा परिवर्तन गर्दा उपयुक्त हुन्छ

- तपाईंको शारीरिक आवरणमा परिवर्तन हुँदा (जस्तै कपाल काटेको बेला, तौल घटेको वा बढेको अवस्था वा त्यस्तै कुनै परिवर्तन भएमा)

- विशेष अवसर जस्तै; बिहे, जन्मदिन, ग्य्राजुएट हुँदा, वा उपहार तथा सम्मान पाएको पल कैद गर्न उक्त फोटो प्रोफाइलका रूपमा राख्न सक्नुहुन्छ ।

- नयाँ संस्थामा काम गर्दा वा आफूले आफ्नो व्यवसाय परिवर्तन गरेको अवस्थामा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नुहुन्छ ।

- आफ्नो अहिलेको इच्छा वा व्यक्तित्व दर्साउने प्रोफाइल फोटो अपडेट गर्न सक्नुहुन्छ ।

प्रोफाइल फोटो राख्दा के कुरामा ध्यान दिने ?

- उच्च गुणस्तरको फोटो राख्ने, विशेषगरी तपाईंको अनुहार फोकस भएको फोटो राख्दा राम्रो ।

- तपाईंको अनुसार प्रस्ट देखिने फोटो राख्नुहोस् ।

- मधुरो, धेरै चम्किलो वा धमिलो फोटो नराख्नुहोस् ।

- उत्तेजक बनाउने वा तपाईँको व्यक्तित्वबारे धेरै कुरा प्रस्ट पार्ने फोटो नराख्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८० ९:१८