काठमाडौं । काम गरिरहँदा तपाईंले पार्श्व (ब्याकग्राउन्ड) मा राम्रो सङ्गीत बजाउनु भयो भने ध्यान एकाग्र हुन्छ, उत्पादकत्व बढ्छ र तपाईंको काम झन् आनन्दमय हुन्छ ।
पढ्दा वा घर, कार्यालयकाे काम गर्दा पृष्ठभूमिमा सङ्गीत सुन्न मिल्ने गरी विभिन्न युट्युब च्यानल खाेलिएका छन् । आज हामी तपाईंलाई यसैबारे जानकारी दिने छौं:
लोफी विथ लोफी गर्ल (Lofi Girl)
केही काम कहिलेकाहीं निकै तनावमा गर्नुपर्छ । त्यसबेला शान्त हुन र ध्यान केन्द्रित भएर आफ्नो काम सम्पन्न गर्न केही त्यस्तै कुरा चाहिन्छ । त्यसका लागि लोफी सङ्गीत पनि एक विकल्प हो ।
बिना शब्दको सङ्गीत, राम्रो धुन र मन छुने सङ्गीतले आफू वरपरको वातावरण राम्रो बनाउँछ । त्यसले तपाईंको भावनालाई नै परिवर्तन गर्न सक्छ ।
पिक्चर टु पिक्चर मोडमा यसमा भएका एनिमेसन पनि राम्रो देखिन्छ । यो च्यानलमा भएका सङ्गीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
कसैले भन्छन्, शास्त्रीय सङ्गीतले मान्छेको आध्यात्मिक अनुभव राम्रो बनाउँछ । यदि तपाईं पनि यो कुरामा विश्वास गर्नुहुन्छ अथवा सङ्गीतले आफ्नो काम गर्ने मन सुधार गर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ भने यो युट्युब च्यानल हेर्नैपर्ने हुन्छ ।
यसमा एउटा निश्चित विषय वस्तुमा आधारित थुप्रै सङ्गीतहरू रहेका छन् । तिनलाई तपाईंले पढ्ने समयमा सुन्न सक्नुहुन्छ । यो च्यानलमा भएका सङ्गीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
फिल्म स्कोर विथ पान्डोरा जर्नी (Pandora Journey)
यस युट्युब च्यानलमा भएका सङ्गीत सुन्दै तपाईंले आफ्नो पढ्ने समयलाई रोमाञ्चक बनाउन सक्नुहुन्छ । नाम जस्तै यसमा हाम्रो इन्द्रीयहरूलाई उत्तेजित गर्ने खालका सङ्गीत छन् ।
यसमा विभिन्न विषयमा आधारित भएर तयार पारिएका सङ्गीतहरू छन् । केही सङ्गीतहरू भने हलिउड सिनेमा क्षेत्रमा प्रभावित छन् । यो च्यानलमा भएका संगीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
इलेक्ट्रोनिक म्युजिक विथ चिल म्युजिक ल्याब (Chill Music Lab)
यदि तपाईं अध्ययन गर्दा उत्साहित मुडमा हुनुहुन्छ भने इलेक्ट्रोनिक संगीत सुन्न सक्नुहुन्छ । यस्ता संगीतले तुरुन्तै मुड उत्साहित बनाउन सक्छ । च्यानलमा तपाईंले लाइभ स्ट्रिम अथवा त्यहाँ पहिल्यै अपलोड भएका भिडिओहरूबाट कुनै एउटा सुन्न सक्नुहुन्छ । यो च्यानलमा भएका संगीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
आरएन्डबी विथ बबी एनसेङ्गा (Bobby Nsenga)
कतिले पढ्ने बेला शान्त वातावरण चाहन्छन् । तर कतिले भने संगीत सुन्न खोज्छन् । संगीत बजाउनेले पनि शब्द भएको वा नभएको बजाउने गर्छन् ।
यदि तपाईं धुन मात्र भएको संगीत खोजिरहनु भएको छ भने बबी एनसेङ्गाको च्यानल हेर्न सक्नुहुन्छ । च्यानलमा एनसेङ्गा उत्कृष्ट प्ले लिस्ट राखेका छन् । यो च्यानलमा भएका संगीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
कुनै ज्याज वा ब्लुज सुन्दा मन त्यसै पनि चङ्गा हुन्छ । मनलाई शान्त बनाउँछ । केही अध्ययनहरूले त ज्याज सङ्गीतले नवप्रवर्तनको तह बढाउन सहयोग गर्ने बताएका छन् । तनाव कम गर्ने पक्ष फेरी छँदै छ ।
यदि तपाईंलाई यो विधा मन पर्छ भने यो च्यानल छुटाउनु हुन्न । यसमा थुप्रै ज्याज सङ्गीतहरू सुन्न पाइन्छ । यसमा १२ घण्टासम्मका लामा भिडिओ छन् । यसो हुँदा तपाईंलाई बारम्बार गीत परिवर्तन गर्ने र बजाउने समस्या झेलिरहनु पर्दैन । यो च्यानलमा भएका सङ्गीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
नेचर विथ रिल्याक्सिङ साउन्ड्स अफ नेचर (Relaxing Sounds Of Nature)
कतिपयलाई प्राकृतिक आवाजभन्दा फरक आवाज सुन्न मन पर्छ । तर यदि तपाईं प्राकृतिक आवाज सुनेर पढ्न चाहनुहुन्छ भने यो च्यानल तपाईंको राम्रो विकल्प बन्न सक्छ ।
यसमा आफू वरपर पाइने चराहरूको आवाज, रूखका पातहरू बजेको आवाज यी यावत् कुराहरू यसमा पाइन्छन् । यो च्यानलमा भएका सङ्गीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
बाइन्युरल बिट्स विथ मेडिटेसन एन्ड हिलिङ (Meditation and Healing)
जब तपाईं पढ्न घण्टौं समय मौनतामा बस्नुहुन्छ, त्यसबेला तपाईंको दिमाग पढ्नुमा मात्र केन्द्रित भइरहेको हुन्छ । त्यो समय ध्यानमा बसेको झैं आभास हुन्छ ।
यदि त्यो मौनतामा बाइन्युरल बिट्स सुन्नु भयो भने छटपटाहट हट्ने, रचना क्षमता बढ्ने र समग्रमा पढाइको समय नै स्तरीय हुन्छ । यो च्यानलमा भएका सङ्गीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
स्टडी विथ मर्वे (Merve)
पढ्नु निकै कठिन काम हो । एक्लै पढ्दा नपढ्ने सम्भावना पनि उत्तिकै छ । स्कटल्याण्डका विद्यार्थी हुन्, मर्वे । उनी अरूलाई पनि आफ्नो पढ्ने समयमा निमन्त्रणा दिन्छिन् । र आफ्नो पढ्ने टेबलको भिडिओको शेयर गर्छिन् । जुन निकै शान्त हुन्छ । यसमा कुनै होहल्ला हुँदैन ।
केवल कलमले लेखेको, टाइपिङ गरेको, पन्नाहरू पल्टाएको जस्ता आवाज मात्र सुनिन्छ । यो च्यानलमा भएका संगीत सुन्दै पढ्न यहाँ क्लिक गर्नुहोस् । नेपाली सङ्गीतका लागि तल उल्लेख गरिएका युट्युब च्यानलमा जान सक्नुहुन्छ ।
रत्न बिके उत्सुक (Ratna BK Utsuk)
नेपाली संगीतकार तथा बाँसुरी बाधक रत्न बिके उत्सुक आरामदायी धुन बनाउनमा माहिर छन् । थुप्रै चर्चित लोक संगीतमा उनले बजाएका बाँसुरीका धुन प्रयोग भएका छन् ।
यदि तपाईं नेपाली बाजाको सुमधुर संगीत सुन्दै पढ्न चाहनुहुन्छ भने रत्न बिकेको युट्युब च्यानल तपाईंका लागि उपयुक्त हुन सक्छ । याे युट्युब च्यानलमा संगीत सुन्न यहाँ क्लिक गर्नुहोस् ।
किचा किचा (Kichaa Kichaa)
नेपाली युट्युब च्यानल किचा किचामा पनि स्तरीय संगीत सुन्न सकिन्छ । साहित्यिक लेख वाचन गर्दा किचाकिचाका संगीत प्रयोग भइरहेका हुन्छन् ।
तपाईं पनि आरामदायी संगीत सुन्दै पढ्न वा अन्य काम गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर किचाकिचाको युट्युब च्यानलमा जानुहोस् ।
अंशमस म्युजिक (Anxmus Music)
अंशमस म्युजिकले तयार पारेका संगीत सामाजिक सञ्जालमा अत्यन्तै रुचाइएका छन् ।
पढ्दा आवश्यक पर्ने ब्याकग्राउन्ड म्युजिकका लागि यहाँ क्लिक गरेर अंशमस म्युजिक च्यानलमा जान सक्नुहुन्छ ।
कुटुम्ब (Kutumba)
नेपाली संगीत क्षेत्रमा अत्यधिक रुचाइएको म्युजिक ब्यान्ड हो, कुटुम्ब । चर्चित प्रायः मौलिक नेपाली धुन कुटुम्ब ब्यान्डले नै तयार पारेको हो ।
दशैंमा प्रायः नेपालीले कुटुम्ब ब्यान्डले तयार पारेको मालश्री धुन सुन्ने गर्छन् ।
तपाईं पनि कुटुम्बले तयार पारेका संगीतको आनन्द लिँदै पुस्तक पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर कुटुम्बको युट्युब च्यानलमा जान सक्नुहुन्छ ।